बिदेशिएका लाखौं नेपाली युवा र भन्सारका कर्मचारीमाथि खनिए कलाकार देखी पत्रकारहरु

काठमाडौं/ सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा झिटी गुन्टामा कडाई गरे सँगै चलचित्रकर्मी, हाँस्यकलाकार देखि पत्रकार तथा लेखकहरूले परदेशिएका लाखौं युवाहरूको पक्ष र भन्सार नियमावली साथै कर्मचारीहरूमाथी आक्रोश पोख्दै सामाजिक सञ्जालमा यस्तो स्टाटस लेखेका छन :

नायिका रेखा थापा :

दुबइ, कतार, मलेशिया लगायत देशमा हाम्रा दाइभाइ पसिना बगाइरहेका आफ्नै आँखाले देखेको छु । ती श्रम क्याम्पमा बस्दा हुने अनुभुती नजिकबाट सुनेकिछु । जब बर्ष हरुपछी घर फर्किने सुखत दीन आउछ, आफन्त र घररिवारको लागि खुशीको स साना उपहार लिएर फर्कन चाहनु स्वाभाबिक हो ।दुइटा फोन ,एइटा टि.भी वा त्यस्तै अरु सामान । निर्धा जनताले मिटर ब्याज तिरेर पराइ देश जान परेकोमा दया नभएको सरकार उनिहरुको कमाइले किनेको नासो देखेर यत्ती जलेको किन होला? तिनै युवाको पसिनाको रेमिट्यान्स बाट चलेको देशमा उनिहरुको आगमनमा लुट मच्चाउन किन परेको छ ? सक्नेले र हुनेले क्विन्टल सुन छिराउने एयर्पोर्टको काहानी जनताले थाहा पाएका छन

यीनै मजदुर बेचिखाने ब्रोकर, तिनैको पैसा माग्ने समाजसेवा, तिनैको नाममा राजनीति, अनी उनिहरुको कमाइको नासो किन खोस्दैछ सरकार? के परिवारको लागि चिनो ल्याउनु अपराध हो? मेरो बिचारमा यो श्रमिक माथि शोषन र अत्याचार हो । जाने बेला रुदै र फर्कने बेला पनि रुवाउने सरकारका यस्ता श्रमिकमारा कदम बिरुद्दको आवाज उठाउनु पर्छ । हाम्रा श्रमिक दाइभाइ यो देशका गौरब हुन र उनिहरुको असम्मान गर्ने अधिकार कसैलाई छैन । यो बन्द गरिएन भने- म एल्लो किन नहोस् एयर्पोर्ट अगाडि बिरोध गर्न जान तयार छु ।आफु अरबौका सुबिधा लिने, कर र भाडा तिर्नु नपर्ने, राज्य कोष खाएर बस्ने अनी मजदुरको झोला खोस्ने ??

हास्यकलाकार जीतु नेपाल :

एरपोर्टमा हवल्दार र प्रहरी जवान बिचको संम्वाद….यसरी प्लेनको ढोकैमा लिन अाउने, ब्यागेजको ट्याग दियपछि ब्यागेज कसैले न छोई सिधै घर पुग्नेहरुले चांहि के के लिउछन होला है साप..? चुप यो सापकै सुट्केस हो भीत्र फुट्ने कुरा होलान जतनले घर पुर्यायर अाईज,सलोट मात्रै ठोक्नु नि सापको सुट्केस ठोकौलास र एर्पोर्ट बाट सरुवा होला। हस साप।

सञ्चारकर्मी रवि लामिछाने :

विदेशबाट रगत पसिना बगाएर कमाएका नेपालीले ल्याएको सामानहरु २ करोड भन्दा बढी मुल्यमा लिलामीका लागि सुचना निकालेको छ ।विदेश मा दुख गरेर आफ्नो परिवार, आफन्तका लागि २/४ वटा सामान ल्याउन बढी लचकता देखाएर अन्य यात्रुलाई भन्दा वैदेशिक रोजगारीमा गएका नेपालीलाई भरपुर सुविधा दिनु त कहाँ हो कहाँ उल्टो तिनैलाई कडाई गर्नुपर्ने कारण के आइलाग्या होला ?देशको नि यम कानुन नमान्ने भन्ने होइन त नियम सुहाउँदो हुनु प¥यो ।तिनै दाजुभाई दिदी-बहिनीका पसिनाबाट आएको रेमिट्यान्स चाँही प्रिय हुने अनि तिनले ल्याएका २/४ पोका सामानमा के आँखा गाडेको होला भन्सारले ।

क्वीन्टलका क्वीन्टल सुन छिर्दा नदेख्ने भन्सार गरीब नेपालीले ल्याएको एक टुक्रो सुनमा आँखा गाड्दै छ, के यो सुहायो ?कोही कोही मानिस मदिरा बाहेक अरु सामानमा कडाइ नगरे हुन्थ्यो भनिदिएका छन् ।घर परिवार साथी भाईका लागि ल्याएको १-२ बोतल रक्सी नि रोक्नु ? सुट लाएका, धनी मानिहरुले २-४ सय जोगाउन सुटकेश भित्र रक्सीका बोत्तल मजाले ल्या उँछन् ।भन्सारले सुकिलाहरुको सुटकेश चेक गर्छ ? धनाढ््यहरुलाई त २-४ सयको लोभ हुन्छ भने गरीब नेपालीका छोराहरुलाई पसिनाको खोला बगाएर कमाएको पैसाको मायाँ लाग्दैन ?

मध्यपान स्वास्थ्यका लागि हानिकारक छ, त्यो कुरा पछि गरौला तर गाँउघरका साथीभाई इष्टमित्र मिलेर हल्का रमाइलो गर्न मन नलाग्ने को छ ?रक्सी सेवन नगराँै यो कुरा पछि गरौँला । यसका विरुद्ध कुन कुन कानुन आकर्षित हुन्छन्, लगाओे तर गरीब ने पालीको लगेज मात्र होइन अण्डरवेयर नै चेक गर्ने सुकिला मुकिलालाई नमस्ते र सलाम ठोक्ने, चेक नगर्ने जस्तो विभेद गलत हो ।कुरा उठी हाल्यो, अब यो पनि सुन्नुस् ।खैरो छाला भएको, अत्तर वास्ना आउने कुइरे, कुइरिने चाँही सर र म्याडम अनि मेहनत को पसिना, वासना आउने नेपालीलाई चाँही ओइ भनेर सम्बोधन, रुखो स्वर, गोलभेडा जत्रो आँखा ?एक कप कफी र एक टुक्रो पाउरोटी टोकेर दिनभरी एउटा कुनामा किताब मात्र पढेर बस्ने टुरिष्ट भन्दा, वैदेशिक रोजगारीबाट फर्केकाले आन्तरिक पर्यटनलाई सय गुणा बढी टेवा पु¥याएका छन् ।

नेपालीहरु ४-५ जना कही पनि घुम्न गए पनि कसरी छुट्टी मनाउँ छन् ।१ कप कफी र एक टुक्रा पाउरोटी होइन, उ त्यो भाले काट्नुस्, त्यो बोका वा खसी छिनाल्नुस, हाँस पोल्नुस्, दाल झान्नुस्, भात बसाल्नुस्, अचार साँध्नुस नपुगेको अर्को भाले पोल्नुस्, यो ल्याउनुस्, त्यो ल्याउनुस् ।उस्तै पसलको सारा सामान ५-६ जनाले सिध्याउँछन् । तर मुस्कानसहितको कष्टमर सर्भिसचाँही कफी र पाउरोटी वालाले लान्छ । जति दुख गरेपनि दिल खोलेर पैसा खर्च गर्न नेपालीलाई कसैले सक्छ ?देश भरीका सपिङ सेन्टर, रेष्टुरेण्ट, बार फन पार्क यस कारणले चलेका छन् कि नेपाली दाजुभाई, दिदीबहिनीहरुले विदेशमा पसिना बगाएका छन् ।

विदेशमा दुख गरेर जन्मथलो आउने ने पालीलाई अरु कसैलाई भन्दा बढी सम्मान दिनु पर्छ ।कारण यो देशको इकोनोमीमा सम्भवत सर्वाधिक टेवा यिनै नेपालीले पु¥याएका छन् । मिल्छ भने वैदेशिक रोजगारीबाट फर्किनेहरुलाई प्लेनबाट ओर्लने वित्तिकै रेड कार्पेटमा स्वागत गरौं ।देशका लागि गफ बा हेक, खासै योगदान नदिने सबै हैन धेरै राजनीतिज्ञलाई केका लागि भिआइपी र भिभिआइपी बाटो र कोठा ?यो देशको अर्थतन्त्रमा ठुलो योगदान दिने यस्ता नेपाली हुन भिभिआइपी । कामदार मात्र होइन उच्च शिक्षा लिएर फर्केका नेपालीलाई समेत भिभिआइपी ट्रिट गरिनुपर्छ ।केही एयरपोर्ट कर्मचारी तथा विदेशमा रहेको एरलाइन्स स्टाफहरुको मिलेमत्तोमा नेपालीहरुलाई सुन, मोवाइल जस्ता सामान बोकाएर पठाइन्छ । यता एरपोर्ट झर्ने वित्तिकै एउटाले कलेक्सन गर्छ ।

यसमा धेरैको मिलेमत्तो छ । हो यो कुरामा बरु ध्यान दिनु प¥यो । २ करोडको लोभमा, वैदेशिक रोजगारीमा गएका नेपालीलाई आफ्नो देशको एयरपोट भन्सारमा नाङ्गे झार पार्न जनताको सरकारलाई सुहाउँदैन ।सरकार, परिवारबाट विछडिएर, २ पैसा कमाई, जहान छोराछोरी, बा आमा पालिरहेका मेहनती नेपालीहरुको हितमा नदेखिएको वर्तमान झिटिगुन्टा आदेश तुरुन्त सच्चाउ ।देशमा अवसर नपाएर विदेसिएका युवाहरुले ल्याउने लत्ता, कपडा, मोवाइल, रक्सी, इले क्ट्रोनिक्स सामानमा गिद्धे नजर नलाएको नै जाती ।हैन दुखी नेपालीबाट अझै कर उठाउन मन छ भने यसो गरौं । सुनिन्छ, प्रत्येक दिन ३-४ जना नेपालीहरु काठको रातो बाकसमा फर्किन्छन् ।दिनको ४ जनाको हिसाबले वर्षमा १४६० जना बाकसमा आउँछन्, यी लाशमा पनि भन्सार लगाइदेऊ । त्यसरी विदेशी भुमिमा सित्तैमा मर्न पाइन्छ ? रातो बाकसमा आउन पाईन्छ ? भन्सार तिर्न पर्दैन ? डिथ्रिअनदलाइनबाट

Purbeli TV

तपाईको प्रतिक्रिया