बाबुरामलाई जुत्ता प्रहार भएपछि करिष्मा मानन्धको यस्तो खुलासा

काठमाडौं । बिहीबार बाबुराम भट्टराईमाथि जुत्ता प्रहार भएको घटनापछि नयाँ शक्तिकी नेता तथा कलाकार एवम् चर्चित अभिनेत्री करिष्मा मानन्धरले मिडियासँग आक्रोश व्यक्त गरेकी छिन् । पछिल्ला दिनमा सामाजिक सञ्जालमा सक्रिय करिष्माले बाबुराम भट्टराईमाथि जुत्ता प्रहार भनिएको घटनाप्रति मनमा उठेका कुरा भन्दै स्टाटस लेखेकी हुन् ।

उनले मिडियाले हल्लाका पछि लागे पनि कलाकारितामा सम्मान भए पनि राजनीतिमा त्यो संस्कार हराएकोप्रति आपत्ति जनाएकी छिन् । उनले नितान्त सेवामूलक क्षेत्र जसले जनता र देशको लागि काम गर्छ त्यस क्षेत्रलाई हलुका बनाएर मिडियाले जनतासामू पस्किएको भन्दै आक्रोश व्यकत गरेकी हुन् ।

उनले भनेकी छिन्, ‘हावा नलागी पात हल्लिदैन तयर यस्तो संवेदनशील विषयमा लेख्दा अलिकति खोज गरेर लेखिदिएको भए राम्रो हुन्थ्यो ाहोला किनभने एउटा मानिसले आफ्नो सम्पूर्ण जीवन खर्चदै त्यो स्थान हासिल गरेको हुन्छ र त्यसलाई यस्तो हलुका रुपमा ल्याउदा कसलाई फाइदा हुन्छ ?’

करिष्माको स्टाटस जस्ताको तस्तै
हिजो को घटना ले गर्दा मन मा उठेका कुरा
किनकी म एउटा् कलाकार हुँ । अलि संबेदनसिल छु र स्पष्ट बोल्न मन लाग्छ र हिजो म पनि तेहि पृथ्वीनारायण क्याम्पस मै थिए । तर, त्यहाँ भएको भन्दा बढी नै आयो ।

हरेक क्षेत्र मा प्रतिस्पर्धा हुन्छ म जुन क्षेत्र मा तिसौ बर्ष काम गरे तेस क्षेत्रमा पनि प्रतिस्पर्धा थियोे तर धेरै स्वस्थ प्रतिस्पर्धा थियो । विभिन्न हल्ला र मिडिया बाजि हुन्थे तर पनि एउटा् रेस्पेट थियो , चलचित्र को मध्यम बाट पनि कलाकारहरु ले समाज परिवर्तन मा उल्लेखनीय भुमिका खेलेका हुन्छन् भलै तेस्को लगि पारिश्रमिक लिन्छन् ।

लोकतान्त्रिक मुलुक मा जनता ले आफुलाई चित्त नबुझे को कुरा मा बिरोध प्रकट गर्न पाउँछन् यो कुन नौलो कुरा हो ? तर एउटा् नितान्त सेवामूलक क्षेत्र जस ले जनता र देश को लगि काम गर्छ त्यस् क्षेत्र लाई येस्तो हलुका बनाएर जनता सामु र बिश्व सामु ल्याउनु कति बुद्धि मानी हो ।

माने हावा नलागी पात हल्लिदैन तर येस्तो संबेदनसिल बिषयमा लेख्दा आलिकती खोज गरेर लेखिएको भए राम्रो हुन्थ्यो होला किनभने एउटा मनिस ले आफ्नो सम्पुर्ण जीवन खर्चंदै त्यो स्थान हासिल गरेको हुन्छ र तेसलाई येस्तो हलुका रुप मा ल्याउदा कस्लाई फाईदा हुन्छ ।

येसरी हामीले नयाँ पुस्ता लाई कस्तो खाल को सोच दिएर जाने । सायद येस्तै भयेर होला राजनीति र राजनीतिज्ञ हरु को बारे मा समाज मा नकारात्मक प्रभाव परेको छ । तर सबै लाई एउटै बास्केट मा राख्नु काहा सम्म सहि हो रु अनी बुद्धिजीवी हरु ले येस लाई जोक बनाएरर फेसबुकमा पोस्टगर्नु कति सहि हो ?

हो कछुवा को चाल ले भए का राजनीतिक परिवर्तन र अस्थिर राजनीति अवस्था का कारण देश धेरै पछाडी परेको छ येस मा जनता आक्रोशित हुनु स्वभाविक हो तर यो अवस्था मा केही गर्छु भन्ने हरु लाई उनीहरुको सोचाइ को काम गर्नेमौका दिनु पर्छ होला ।

 

तपाईको प्रतिक्रिया

Loading…