‘बादशाह जुट’ मा यस्तो देखियो प्रियंका र सुशीलको जोडी

काठमाडौं / वैशाख १० गतेबाट छायांकन सुरू भएको फिल्म ‘बादशाह’ जुटको इन्डक्लाप गरिएको छ । करीब २ महिना लगाएर सो फिल्मको सुटिङ सकिएको निर्माणपक्षले जनाएको छ । नायिका प्रियंका कार्की र सुशिल श्रेष्ठलाई फिचरिङ गरिएको लोक शैलीको गीतको छायांकन गर्दै यस चलचित्रको इन्डक्लाप भएको हो ।

ललितपुरको श्रीकाली चौरमा छायांकन गरिएको यस गीतमा मात्र नायिका प्रियंका कार्की अटाएकी छन् । प्रियंका फिल्ममा भने छैनन् । ‘काफल पाक्यो’ बोलको यस गीतमा प्रियंका र सुशीललाई आमिर गौतमले पनि साथ दिएका छन् । गीतमा मेलिना राई र राजनराज शिवाकोटीको स्वर रहेको छ भने डीपी खनालको शव्द तथा कृष्ण भारद्वाजको संगीत छ ।

फिल्ममा सुशिल श्रेष्ठ, आमिर गौतम, रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावतको मुख्य भूमिका छ । भोजराज श्रेष्ठको निर्माण तथा जोनी सिंह राणाको निर्देशनमा तयार भएको यो चलचित्रको छायांकन सकिएसँगै प्रदर्शन मिति पनि तय गरिएको छ । चलचित्रलाई पौषको १३ गतेबाट रिलिज गर्ने यसको निर्माणपक्षले जनाएको छ । एच एन्ड बी फिल्मस् प्रालि र गोल्डेन ग्रेप्स फिल्मस्को ब्यानका निर्माण भएको यो चलचित्रमा राजकुमार उप्रेतीको एक्सन, कृष्ण भारद्धाज र विक्रम स्वारको कोरियोग्राफी, दिर्घ खड्काको सम्पादन छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया