बाढी पिडीतरुको सहयोगार्थ “कालो पोथी” हङ्कङमा प्रर्दशन हुने

kalopothi२० श्रावण, २०७३ / बहुप्रतिक्षीत चलचित्र “कालो पोथी” हङ्कङमा प्रर्दशन हुने भएको छ । आईतबार जानकारी सभाको आयोजना गर्दै फिल्म बाढी पिडीतरुत्तको सहयोगार्थ प्रर्दशन गर्न लागिएको आयोजकका तर्फबाट रोहन सिग्देलले बताए । फिल्मलाई हङ्कङका युवाद्धय रोहन सिग्देल र सुमन केसीले संयुक्तरुपमा ल्याएका हुन् ।

नेपाल सँगै विभिन्न देशहरुमा सफल प्रर्दशन पश्चात दर्शकहरुको वाहवाही बटुलेको फिल्म “कालो पोथी” मा मौलिक कथालाई मार्मिक ढङ्ले पर्दामा उत्तारिएको छ । माओवादी द्धन्दकालको पिडा र ग्रामीण क्षेत्रको यर्थाथतालाई नजिकबाट नियाल्ने प्रयास गरेका छन् निर्देशक मीनबहादुर भामले ।

भेनिस र बुसान जस्ता दर्जनौ अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा सहभागी जनाई पुरस्कार सहित विदेशीहरुको प्रशंसा बटुल्न सफल फिल्म कालो पोथीले नेपाली फिल्मको अन्तराष्ट्रिय बजार पनि फराकिलो पारेको छ । फिल्मलाई अगस्ट २१ का दिन हङ्कङ स्थित याउ मा तेई स्थित कम्युनिटी हलमा प्रर्दशन गरिनेछ ।

तपाईको प्रतिक्रिया

Loading…