बलिउड कलाकार इरफान खानको निधन

काठमाडौं । बलिउड कलाकार इरफान खानको बुधबार निधन भएको छ । भारतीय दैनिक ट्रिव्युनको अनलाइन संस्करणका अनुसार ५४ बर्षको उमेरमा खानको मुम्बईस्थित कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनलाई स्वासप्रश्वासमा समस्या भएपछि मंगलबार अस्पताल भर्ना गरिएको थियो । उनलाई नशासम्बन्धी क्यान्सरको समस्या भएपछि २०१८ मा उपचार गरिएको थियो । सोही रोगका कारण उनका विभिन्न अंगमा समस्या देखिएको बताइन्छ ।

तपाईको प्रतिक्रिया

Loading…