बलिउड अभिनेत्री अमिषा पटेलमाथि गम्भीर आरोप, प्रमाणित भएमा जेल जानुपर्ने


बलिउड अभिनेत्री अमिषा पटेलमाथि गम्भीर आरोप लागेको छ । यदि यो आरोप प्रमाणित भएमा उनी जेल जानुपर्ने हुन सक्छ । अमिषाविरुद्ध राँचीको तल्लो अदालतमा साढे २ करोड ठगीको मुद्दा परेको छ ।

झारखण्डका निर्माता अजय कुमार सिंहले अमिषालाई अदालतमा तानेका हुन् । अमिषामाथि अढाइ करोड नतिरेको आरोप छ । अजयले अमिषालाई देसी म्याजिकको निर्माण र प्रवद्र्धनका लागि यो रकम दिएका थिए ।

अमिषाले अजयसँग गतवर्ष पैसा लिएकी थिइन् । फिल्म बनेपछि अमिषाले त्यो पैसा फिर्ता दिने शर्त थियो । सेप्टेम्बरमा अमिषाले अजयलाई ३ करोडको चेक दिएकी थिइन् तर त्यो चेक बाउन्स भयो । त्यसपछि अमिषाले अजयलाई अनेक बहाना बनाएर टार्न थालिन् ।

अब भने अमिषाविरुद्ध गैर जमानती वारन्ट जारी हुन सक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

Loading…