बलिउड अभिनेता सुशान्त सिंह राजपुतले गरे आत्महत्या

एजेन्सी / महेन्द्र सिंह धोनीको बायोपिकमा बनेको फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने सुशान्त सिंह राजपूतले आत्महत्या गरेकाम छन् । मुम्बईको बान्द्रास्थिती फ्ल्याटमा उनको शव भेटिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । उनले किन आत्महत्या गरे भन्ने बारे जानकारी प्राप्त छैन । मिडिया रिपोटएका अनुसार सुशान्तका सहयोगीले यस घटनाबारे प्रहरीलाई जानकारी दिएका हुन् ।

सुशान्त सिंहको जन्म पटनामा भएकामे थियो । सन् २००० को सुरुवातमा उनको परिवार दिल्लीमा बसेको थियो । सुशान्तका चार दिदी बहिनी छन् । तीमध्ये एक मीतू राज्य स्तरकी क्रिकेट खेलाडी हुन् । सुशान्तले ब्याकअप डान्सरको रुपमा आफ्नो करियर सुरु गरेका थिए । टिभीमा उनको पहिलो सिरियल बालाजी टेलिफिल्म्सको ‘किस देश मे शै मेरा दिल’ थियो ।

त्यसपछि ‘पवित्र रिश्ता’ सिरियलमार्फत् उनले चर्चा पाए । उनी डान्स रियालिटी शो जरा नच के दिखा र झलक दिखलाजामा पनि देखिए । उनले काय पो चे, शुद्ध देसी रोमान्स, पीके र केदारनाथ फिल्ममा काम गरेका छन् । सुशान्तकी पूर्व म्यानेजरको पनि केहि दिनअघि एउटा भवनको १४ औं तल्लाबाट खसेर मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading…