बलिउडका चर्चित हाँस्य कलाकार जगदीपको निधन

नयाँ दिल्ली / भारतका चर्चित वरिष्ठ हाँस्य कलाकार जगदीपको निधन भएको छ । चर्चीत फिल्म ‘सोले’मा ‘सुरमा भोपाली’को नामबाट चिनिने जगदीपको ८१ वर्षको उमेरमा हिजो राति मुम्बईस्थित निवासमा निधन भएको हो ।

वास्तविक नाम सैयद इश्तियाक अहमद जाफरीको बढ्दो उमेरका कारण स्वास्थ्यमा समस्या निम्तेपछि उनको निधन भएको जनाइएको छ ।

कलाकार जावेद र नावेद जाफरीका बुवा, जगदीपले ९ वर्षको उमेरमा फिल्मी करियर सुरू गरेका थिए ।
सन् १९७५ मा बनेको शोले फिल्ममा उनले निर्वाह गरेको सुरमा भोपालीको भूमिकाले उनलाई बलिउडमा चर्चित बनाएको थियो । त्यसपछि सन् १९८८ मा ‘सुरमा भोपाली’ नामकै फिल्म बन्यो, जसमा जगदीपको मुख्य भूमिका छ । सन् २०१२ को ‘गली गली चोर’ उनले अभिनय गरेको अन्तिम चलचित्र हो । जगदीपले पुराना मन्दिर, अन्दाज अप्ना अप्ना लगायत ४ सयभन्दा बढी हिन्दी फिल्महरूमा काम गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…