फिल्म ‘लप्पन छप्पन-२’मा नायिका वर्षा शिवाकोटीकाे ठाउँमा विदेशी नायिका फाइनल

ईटहरी/ चलचित्र ‘लप्पन छप्पन’को सिक्वेल निर्माण हुने भएको छ । फिल्मको नाम ‘लप्पन छप्पन २’ राखिएको छ । सिक्वेललाई मुकुन्द भट्टले निर्देशन गर्ने पक्का भएको छ । ‘लप्पन छप्पन २’मा पहिलो सिरिजमा काम गरेका कलाकारहरु नै प्रायः दोहोरिएका छन् । फिल्ममा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, देव कुमार, अनुप विक्रम शाही, सुरविना कार्की, फाजिल अहमद र सिर्जना सिनाको अभिनय रहनेछ निर्माण पक्षले बताएको छ ।

यस फिल्ममा यसअघिको सिरिजमा नायिका रहेकी वर्षा शिवाकोटीलाई भने नलिइएकाे र उनको सट्टा मिस नेदरल्याण्ड सेकेण्ड रनरअप केरोलिन कोलिन्डालाई राखिएको बताइएको छ ।

इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स् पिक्चरको संयुक्त ब्यानरमा बन्न लागेको चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट र दिपक आरजेको संगीत रहनेछ । चलचित्र ‘लप्पन छप्पन २’ लाई चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । चलचित्रको कथा, पटकथा र संवाद निर्देशक भट्टसँगै अमित शर्मा र विवेक पाण्डेको रहनेछ ।

Purbeli TV

तपाईको प्रतिक्रिया