फिल्म ‘रणवीर’ डेब्यु अभिनेत्री सुभेक्षाको प्रेम सम्बन्ध सार्बजनिक

ईटहरी/ कलाकारको प्रेम र ब्रेकअपको खबर रंगिन दुनियाँका लागि नयाँ र नौलो होइन । हप्ता वा महिनैपिच्छे सेलिब्रेटीका यी कुराहरु मिडियाका लागि मसला बनिरहेका हुन्छन् । अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी प्रेममा रहेको चर्चा चलिरहँदा अर्की एक अभिनेत्रीको प्रेम सम्बन्ध सार्वजनिक भएको छ । उनी हुन्, ‘रणवीर’ फेम्ड अभिनेत्री शुभेक्षा खड्का ।

बुधवार साँझ आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउन्टमा प्रेमीको अंगालोमा कसिएको एक तस्विर साझेदार गर्दै उनले प्रेम सम्बन्धको खुलासा गरेकी हुन् । उनका प्रेमीको नाम अनुप सापकोटा हो । उनी पनि चलचित्र क्षेत्रसँग नजिक छन् । उनले इन्स्टामा आफ्नो परिचय फिल्ममेकरको रुपमा दिएका छन् । उनी भिडियो सम्पादक, ग्राफिक डिजाइनर र लेखक पनि हुन् ।

अनुपले शुभेक्षासँगका कयैन् रोमान्टिक तस्विर आफ्नो इन्स्टामा पोस्ट्याएका छन् । उनले २०१८ नोभेम्बर ४ मा शुभेक्षाको एक तस्विर साझेदार गर्दै लेखेका छन्, ‘गोप्य मुस्कान । उनी मेरो लागि मात्र प्रयोग गर्छिन् ।’ अनुपको इन्स्टा पोस्ट हेर्दा उनीहरु सन् २०१७ देखि एकअर्काको प्रेममा रहेको बुझिन्छ । शुभेक्षाले चलचित्र ‘रणवीर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

Loading…