फिल्म “फाटेको जुत्ता” को यस्ताे अफर : नयाँ जुत्ता पाउन यसो गर्नुस

ईटहरी / नेपालमा फिल्म चलाउन सामाजिक सन्जाल मार्फत पनि विभिन्न शैली अपनाईन्छ । जुन सैलिले पछिल्लो समय नेपालमा पनि कुनै निर्मातालाई छोड्न सकेको छैन । यसबेला यस्तै एक फिल्मले पनि नाम अनुसारको प्रचार शैलिलाई सार्बजनिक गरेको छ । प्रदर्शनको तयारिमा रहेको “फिल्म फाटेको जुत्ता” ले सामाजिक संजाल फेसबुक मार्फत फाटेको जुत्ता लगाएर फोटो खिचेर पठाएमा “नया जुत्ता” दिने प्रचार शैली सार्बजनिक गरेको हो ।

आफ्नो फाटेको जुत्ता लगाई खिचेको फोटोलाई आफ्नो आईडिमा अप्लोड गरि त्यस्लाई फाटेको जुत्ताको अफिसियल फेसबुक पेज वा निर्माता अर्जुन कुमारको आईडिमा ट्याग गर्नुपर्ने छ ।ट्याग गर्ने मध्ये गोलाप्रथा द्वारा हरेक हप्ता गरे ३ हप्ता सम्ममा २५० जनालाई फिल्म युनिटले नया जुत्ता प्रदान गर्नेछ । विभिन्न ब्यापारिक सस्थाबाट प्राप्त नयाँ जुत्ता बिजेता २५० जनालाई घर-घरमै पुर्याईदिने पनि निर्माताले जनाएका छन ।

अर्जुन कुमारले निर्माण गरेको फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन । कात्तिक १७ गतेदेखि रिलिज हुने फाटेको जुत्तामा  दयाहाङ राई, वर्षा राउत, प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

तपाईको प्रतिक्रिया