फिल्म “ग्याङ्ग्स्टार ब्लुज” को अफर : ५० हजारको मोबाईल सहित २० जनालाई प्रिमियर पास

ईटहरी। नेपालमा फिल्म चलाउन महिना दिन पहिले बाटै ठाउ-ठाउमा विभिन्न खाले कार्यक्रम तथा सामाजिक संजालमा ब्यापक उत्रिने प्रचलन बड्दो छ l यहि क्रममा रिलिजको नजिकै आउदै गरेको “ग्याङ्ग्स्टार ब्लुज” ले पनि यस्तै खाले प्रचार शैलीलाई अगाडि सारेको छ । निर्माता मध्येका एक सरोज न्यौपानेले “सेल्फी विथ ग्याङ्गस्टार ब्लुज” नाम राखेर नया शैलीको प्रचार कार्यलाई सुरुवात गरेको खुलाशा गरेका छन् । यो अभियानमा सहभागी हुनलाई ग्याङ्गस्टार ब्लुज को पोस्टर जहा भेटिन्छ वा यस फिल्मका कलाकारहरुलाई जुन ठाउमा भेटिन्छ त्यहि सेल्फी लिनु पर्नेछ । जुन आफुले लिएको सेल्फिलाई आफ्नो आईडिमा रिलिज डेट सहित पोस्ट गर्नु पर्ने छ ।
त्यपस्चात सो पोस्टको स्क्रिनसट फेसबुक पेज “Gangster Blues – Nepali feature Film” सर्च गरेर त्यहा आफ्नो नाम, ठेगाना, फोन नम्बर पठाउनु पर्ने छ l प्राप्त सबै स्क्रिनसटलाई Gangster Blues – Nepali feature Film पेजमा पोस्ट गरिनेछ । पोस्ट गरिएका मध्येबाट भाग्यामानी १ जानालाई ५० हाजार पर्ने मोबाईल उपहार प्रदान गरिने छ भने लक्की ड्र मार्फत २० जनालाई फिल्मको प्रिमियर पास प्रदान गरिने छ ।
हेम राज बिशि द्वारा लिखित तथा निर्देशित फिल्म ग्याङ्ग्स्टार ब्लुज लाई सरोज न्यौपाने र हेम राज बिशि ले नै निर्माण गरेका हुन् । भदौ २ गते सार्बजनिक प्रदर्शन हुने फिल्ममा आशिरमान देस जोशी, आना शर्मा, संयम पुरी, रोजिषा शाही, प्रोमोद अग्रहरी, राम बाबु गुरुङ, अनुपम शर्मा, अरुण कार्की, नरेश पौडेल, सुबाश थापा लगायतका कलाकारहरु अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया