प्रेममा परेकी गायिका मिलन अमात्यले पतिसँग गरिन् सम्बन्ध विच्छेद

काठमाडौं । गायिका मिलन अमात्यले पतिसँग सम्बन्ध विच्छेद गरेकी छन् । पछिल्लो समय गायक दीपक लिम्बुसँग प्रेम सम्बन्धमा रहेकी मिलनले केही दिनअघि काठमाडौं जिल्ला अदालतबाट पति मेन्सन अमात्यसँगको सम्बन्ध तोडेकी हुन् ।

सांगीतिक वृत्तमा चलेको गाईगुई अनुसार उनिहरु केही समयदेखि गहिरो प्रेम सम्बन्धमा थिए । आसाममा मिलन नेवारका नामले चिनिने उनि नेपाल आएर विवाह गरेपछि मिलन अमात्यका रुपमा सांगीतिक क्षेत्रमा चर्चामा आईन् । मिलनसँग आफ्नो डिर्भोस भएको पति मेन्सनले पु्ष्टि गरेका छन् । व्यापारी मेन्सन र मिलनको ६ वर्षअघि विवाह बन्धनमा बाधिएका थिए ।

उनीहरुको अहिलेसम्म सन्तान भने भएका छैनन् । आसाममा मिलन नेवारका नामले चिनिने उनि नेपाल आएर विवाह गरेपछि मिलन अमात्यका रुपमा सांगीतिक क्षेत्रमा चर्चामा जमेकी गायिका मिलनले ‘गाला रातै, स्लोली स्लोली’ जस्ता चर्चित गीतहरुमा स्वर दिएकी छन् ।

तपाईको प्रतिक्रिया

Loading...