प्रेममा असफल भएपछि आत्महत्या गरेका चर्चित बलिउड अभिनेत्रीहरू (तस्विर सहित)

चम्किला अनुहारको रिलको दुनियाँ जति चम्किलो देखिन्छ त्यहाँ भित्र भित्रै अध्याँरो हुने घटना धेरै पटक बाहिर आएका छन् । नेपालमा मात्र होइन बलिउडका चर्चित अभिनेत्रीहरुले पनि आत्महत्या गरेर रंगिन दुनियाँको भ्रमलाई सतहमा ल्याइदिएका छन् ।

प्रत्यूषा बनर्जी

हालै मात्र बलिउडमा चर्चित अभिनेत्री प्रत्यूषा बनर्जीले आत्महत्या गरेकी छिन् । प्रेम जीवनमा समस्या आएपछि उनले आत्महत्या गरेको अनुमान गरिएको छ । राहुल राज सिंहसँग रहेको प्रेम सम्बन्ध धरापमा परेपछि विवाह गर्ने तयारी मा रहेकी प्रत्युषाले विवाहको पहिरनमा नै आत्महत्या गरेको बताइएको छ । प्रेम सम्बन्ध टुटेपछि उनले यस्तो गरेको बुझिएको छ ।

जिया खान

प्रेम सम्बन्धमा समस्या भएपछि आत्महत्या गर्ने प्रत्युषा एक्ली अभिनेत्री होइनन् । उनी जस्तै अभिनेत्री जिया खानले पनि सन् २०१३ मा प्रेम सम्बन्धकै कारण उनले प्राण त्यागेकी थिइन् । अभिनेता सुजर पञ्चोलीसँग सम्बन्ध विग्रिएपछि उनले आत्महत्या गरेको बताइन्छ ।

दिब्या भारती

प्रेम सम्बन्धकै संसार त्याग्ने अभिनेत्रीको सूचीमा दिब्या भारती पनि हुन् । उनले १९ वर्षको उमेरमै संसार त्यागेकी थिइन् । प्रेम सम्बन्ध टुक्रिएपछि उनले ५ तले भवनबाट हाम फालेर आत्महत्या गरेकी थिइन् ।

सिल्क स्मिता

त्यस्तै वोल्ड अभिनेत्रीको छवि बनाएकी सिल्क स्मिताले पनि २३ सेप्टेम्बर १९९६ मा आत्महत्या गरेकी थिइन् । करिअर र प्रेम सम्बन्धमा समस्या आएपछि उनले यो कदम उठाएको बताइन्छ ।

विवेका बाबाजी

बलिउडमा आत्महत्या गरेर संसार त्याग्ने अर्की अभिनेत्री हुन् विवेका बाबाजी । सन २००२ को चर्चित फिल्म ‘ये कैसी मोहब्बत’ की अभिनेत्री बाबाजीले सन् २०१० मा आफ्नै कोठामा पंखामा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

Loading...