प्रेमगीत ३ को टिजर सार्बजनिक, लभर ब्वाई प्रदीप खड्का योद्धा अवतारमा (टिजर सहित)


ईटहरी/ नाम नै ब्राण्ड बनिसकेको फिल्म ‘प्रेम गीत-३’ को मोसन टिजर बाहिरिएको छ । यसअघि प्रदर्शन भएको प्रेम गीत र प्रेमगीत २ लाई नेपाली सिने दर्शकको ब्लक बस्टर फिल्म बनाएका थिए । यता प्रेम गीत ३ पनि यतिबेला निक्कै प्रतिक्षित बनेको छ । फरक कथा र प्रस्तुति रहेका कारण फिल्म प्रतिक्षित छ भने यसको लागि नायिका छनौटको कार्यले पनि प्रेम गीत ३ लाई प्रतिक्षित बनाएको छ ।

प्रेम गीत र प्रेम गीत २ को कथाले निरन्तरता पाएको थियो भने यो प्रेम गीत ३ मा भने फरक कथा अर्थात २ सय वर्ष पुरानो प्रेम कथाको उतारचढावलाई प्रस्तुत गरिदै छ । सार्बजनिक टिजरमा प्रेमको भुमिका निर्वाह गरेका प्रदीप खड्का फिचर्ड भएका छन् । टिजरमा उनको अलावा अन्य पात्रलाई प्रस्तुत गरिएको छैन ।उनलाई योद्धा अवतरमा प्रस्तुत गरिएको छ । रगतले लतपतिएको उनको अनुहारमा बद्लाको भावना र आक्रोशले बढी स्थान पाएको छ ।
लामो कपाल पालेका प्रेम हातमा बन्चरो बोकेर घोडामा सवार हुँदै कतै आक्रमण गर्न गैरहेका छन् भन्ने टिजरबाट बुझ्न सकिन्छ । जस्ले प्रेम गीत ३ पर्खीरहेका सिनेदर्शकलाई अझै कौतुहलता थपिदिन्छ । फिल्म युनिट छायांकनका लागि यहि कार्तिक २२ गतेबाट फ्लोरमा निस्कदै छ । छायांकन अगाबै प्रदर्शन मिति तय गरेको फिल्म आउदो चैत्रको २८ गते सार्बजनिक प्रदर्शन हुँदैछ । प्रदीप खड्का अर्थात प्रेम संग यो पटक गीतको भुमिकामा क्रिस्टिना गुरुङ प्रस्तुत हुँदैछिन ।

हेर्नुस् सार्बजनिक मोसन टिजर यस्तो बनेको छ ।

उनी गीतका लागि आव्हान गरिएको अडिसनबाट अन्य सयौ प्रतिष्पर्धीहरुलाई पछि पार्दै छानिएकि हुन् । यसअघिको प्रेम गीतमा पुजा शर्मा र प्रेम गीत २ मा अश्लेशा ठकुरी गीतको भुमिकामा देखिएका थिए । गीत परिवर्तन भएपनी प्रेम भने तेस्रो सिरिज सम्म आईपुग्दा पनि परिवर्तन भएका छैनन् । आशुसेन फिल्मसको ब्यानरबाट निर्माण हुदै गरेको फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त निर्देशन गर्दै छन् ।

फिल्मलाई निर्माण पनि उनै सन्तोष सेनले गरेका हुन् भने चक्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेका छन् । यस्तै फिल्ममा कुमार सेन र ओएसआर डिजिटल सह-निर्माताको रुपमा रहेका छन् । प्रेमगीत ३ मा प्रदीप र क्रिस्टिनाको अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । अभिनेता शिवले फिल्ममा राजाको भूमिका निभाउँदैछन् ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…