होम क्वारेन्टाइनमा प्रियंका र आयुष्मानको मस्ती

काठमाडौं/ नायिका प्रियंका कार्कीले इन्स्टाग्राममा पछिल्लो समय बिहेका तस्वीर मात्र शेयर गरेकी छिन् । फागुनमा अभिनेता आयुष्मान देशराज जोशीसँग बिहे गरेकी प्रियंका परिवारसहित सेल्फ क्वारेन्टाइनमा बसेकी छिन् । लकडाउनका कारण उनी परिवारका सदस्यसँग कुराकानी गरेर बिताइरहेकी छिन् । प्रियंकाको परिवार एकअर्कालाई समय दिइरहेका छन् ।

प्रियंकाले पति आयुष्मान देशराज जोशीको टाउकोमा मसाज गर्दै गरेको तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै अरुलाई पनि क्वारेन्टाइनमा बस्दै गरेको तस्वीर शेयर गर्न आग्रह गरेकी छिन् ।

प्रियंकाले शेयर गरेको तस्वीरमा दुई कुकुर पनि देख्न सकिन्छ । उनको तस्वीरमा फ्यानले प्रेम दर्शाएका छन् । प्रियंकाले ह्यासट्याग शेयर गर्दै फ्यानलाई आफ्ना तस्वीर पनि शेयर गर्न अनुरोध गरेकी छिन् । पछिल्लो समय प्रियंका र आयुष्मान कुनै पनि फिल्ममा देखिएका छैनन् । प्रियंकाले बिहेपछि काममा फर्किने बताएकी थिइन् ।

तपाईको प्रतिक्रिया

Loading…