प्रियंका चोपडाले नेपाली भाषाको फिल्म बनाउँँदै : अधिकांश कलाकार नेपाली नै

एजेन्सी / पूर्व विश्व सुन्दरी एवं बलिउडदेखि हलिउडसम्मकी अभिनेत्री प्रियंका चोपडाले नेपाली चलचित्र निर्माण गर्ने भएकी छिन् । उनले सिक्किमेली–नेपाली चलचित्र बनाउन लागेको जनाइएको छ । प्रियंकाको कम्पनी पर्पल पेबल प्रोडक्सनले बनाउने उक्त चलभित्रको नाम ‘पउआ’ हो ।

जसको अर्थ पाहुना हुने टाइम्स अफ इन्डियाले जनाएको छ । यो चलचित्र युद्धको समयमा बाबुआमाबाट छुट्टिएका बालबालिकामा केन्द्रित हुने जनाइएको छ । पउआका लागि प्रियंकाले स्थानीयका साथै नेपाली कलाकार पनि लिनेछिन् । नेपाली चर्चित खलनायक एवं अभिनेता सुनील थापाले प्रियंकाको ‘मेरी कोम’ मा खेलेसंगै प्रियंका पनि नेपालीको मनमा बस्न थालेकी कलाकार हुन् ।

तपाईको प्रतिक्रिया

Loading...