प्रियंका कार्कीले यस्तो दिईन्, ‘सेक्सी’ को परिभाषा

काठमाडौं । आजभोली कुनै राम्री युवती देख्ने विक्तिकै वा क्या सेक्सी भन्ने चलन छ । राम्रो देखिएकी युवतिलाई कुन आधारमा ‘सेक्सी’ भनिएको हो ? तपाईं ‘सेक्सी’ शब्दलाई कसरी परिभाषित गर्नुहुन्छ ?  महिलाको हकमा प्रयोग हुने यो शब्दलाई सबैले फरक ढंगमा अर्थ लगाउँछन्। कुनै राम्री युवती देख्नेबित्तिकै ‘वाह, क्या सेक्सी’ भनेर कतिपय सकारात्मक प्रशंसा गर्छन् भने कति यही शब्दको आडमा अश्लीलतासँग पनि जोडिदिन्छन्।

नेपाली फिल्म जगतमा अहिलेकी नाम चलेकी चर्चित नायिका प्रियंका कार्कीले भने सेक्सी शब्दलाई अनौठो परिभाषा गरेकी छिन् । उनले सेक्सीलाई आफ्नै तरिकाले परिभाषित गरेकी हुन् ।

सामाजिक सञ्जाल ट्वीटर र इन्स्टाग्राममा आफ्नो फोटो पोस्ट गर्दै उनले त्यसैमा सेक्सीको परिभाषा लेखेकी छिन्। ‘राम्रो ओठ र राम्रो खुट्टा मात्र होइन, सेक्सी भनेको सोल (मन) हो, ‘ उनको सटिक परिभाषा।

तपाईको प्रतिक्रिया

Loading…