प्रियंका कार्कीको अल्कोहलिक लभ, विनोदले गरे रोमान्स (भिडियो सहित)

ईटहरी/ अभिनेत्री प्रियंका कार्कीले अभिनेता विनोद न्यौपानेसँग रोमान्स रहेको नयाँ भिडियो ‘अल्कोलिक लभ’ सार्वजनिक भएको छ । तीन दशकदेखि गायनमा सक्रिय सीताराम पोखरेलको यो गीतको भिडियो निकै आकर्षक बनेको छ । गीतमा सीतारामलाई गायिका मिना निरौलाले साथ दिएकी छन् । ललिता कुँवरको शब्द रहेको गीतमा राहुल प्रधानको संगीत छ ।

भिडियो भने सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । गायक पोखरेलको यो १९ औं म्युजिक भिडियो हो । भिडियोमा राजेन्द्र कटुवाल राजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, भरत रेग्मीको सम्पादन रहेको छ ।

Subscribe Purbeli TV

तपाईको प्रतिक्रिया