प्रवलदिप विश्वासको काेराेना सम्वन्धि थारु भाषकाे गित सार्वजनिक

इटहरी / लकडाउनका बेला पनि सक्रिय गायक प्रवलदिप विश्वासले काेराेना भाइरस (कोभिड १९) बिभिन्न गितहरू बजारमा ल्याएका छन् । हालै उनकाे ‘रहम रहम सचेत रहम कोरोना से बचम’ बोलको थारु थाषाको गित सार्वजनिक भएकाे छ । उनले आफ्ने युट्युव च्यानल बाट साे गित सार्वजनिक गरेकाे हुन् । काेराेनाकाे याे महामारीकाे बेला गितमा माध्यमबाट सचेतना फैलाउन हामी गायक तथा कलाकारहरूकाे कर्तव्य हाे । सबैले आ-आफ्नाे समुदायमा सकारात्मक सन्देश फैलाउन सके काेराेनाकाे जाेखिम कम गर्न विश्वासले बताए ।

चुडामणी देवकोटाको रचना र भुपेन्द्र रायमाझीको संगित भरेकाे साे गितमा प्रवलदिप विश्वासको सुमधुर स्वर सजिएकाे छ भने गितकाे सम्पादन तथा निर्देशन उनी आफैले गरेका हुन् । विरु माझीको छयांकन गरेकाे साे भिडियाेमा कवल विश्वास, रविन चौधरी, विजेता माझी, अमृता माझीलाई देख्न सकिन्छ ।

उक्त गितमा कोरोना भाइरस वाट हामी कसरी बच्न सक्छौ,यो समयमा आफनो स्वास्थय र सरसफाइमा ध्यान दिन जरुररी रहेको कुरा सन्देशमुल गित वाट थारु भाषामा औलाएको छ । गित उत्पादनमा रेडियो नेपाल, Spark एडभरटाइजिङ, मिडिया कन्सेप्ट, QD Digital र Chandani Digital को सहयोग रहेको छ । त्यस्तै रेडियो उदयपुर, कोचिला एफ.एम र झुम्का एफ एम सहयोगी संस्था रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading…