प्रधानमन्त्री ओलिको शब्द रचनामा शिशिर योगिको आवाज, लकडाउनपछी सार्बजनिक

इटहरी / १ मे १९ वैशाख अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । रचनाकार तथा गायक शिशिर योगीको फेसबुकमा एकाबिहानै नोटिफिकेसन आयो । सांसद भगवती न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित कविता ट्याग गरेकी थिइन् । र, पढेर प्रतिक्रिया दिन आग्रह गरेकी थिइन् ।

सर्जकको दृष्टिबाट योगीलाई कविता राम्रो लाग्यो । तुरुन्तै उनले सांसद न्यौपानेसँग कवितालाई गीत बनाउन आग्रह गरे । र, पहिलो पंक्ति गुनगुनाएर सुनाए पनि । योगीलाई त्यसको केही दिनपछि कवितालाई गीत बनाउने प्रस्ताव आयो । अनि चार दिन लगाएर कवितालाई संगीतको लयमा ढाले । रेकर्डिङ भने लकडाउन खुलेपछि मात्र गर्ने तयारीमा छन् ।

कवितामा प्रधानमन्त्रीको देशभक्ति पोखिएको योगी बताउँछन् । त्यसमा संगीत भरेर उनले प्रधानमन्त्रीलाई सुनाइसकेका छन् । र, प्रधानमन्त्रीले आफूलाई अझ ऊर्जाशील बनाएको प्रतिक्रिया दिएको योगी बताउँछन् । त्यसलगत्तै प्रधानमन्त्री ओलीको अर्को कवितामा पनि संगीत दिँदै छन् योगीले । उनका अनुसार मिर्गौला प्रत्यारोपणको चौथो दिन सिसियूमा रहेकै वेला प्रधानमन्त्री ओलीले उक्त कविता रचना गरेका थिए । नयाँ पत्रिकामा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…