प्रदिप खड्काको फ्यान क्रेज – बेहोस हुने, डाँको छोडेर रुनेदेखि प्रहरीलाई नै हात हाल्ने सम्म

काठमाडौं । चकलेटी अभिनेता प्रदिप खड्काको यति खेर फ्यान क्रेज लोभलाग्दो छ ।प्रेमगीत फिल्मबाट उदाएका प्रदिपले लगातार सफलता चुमिरहेका छन् पछिल्लो समय ‘लिलिबिली’सम्म आइपुग्दा उनको बजारमा माग र चर्चा सर्वाधिक रहेको छ । यतिखेर प्रदिप खड्का अभिनित फिल्म ‘रोज’ आफ्ना सम्पूर्ण प्रचारप्रसारको काम सकेर हलहलमा प्रदर्शनरत छ ।फिल्म प्रचारप्रसारको क्रममा प्रदिप स्वयं उपस्थीत थिए यसैक्रममा गंगबु र लगनखेलमा प्रदिपका अनौठा फ्यान भेटिए ।

बुधवार आयोजित फिल्म प्रचारको कार्यक्रममा धेरै जसो युवती फ्यानहरु प्रदिपलाई हेर्न उपस्थीत थिए यद्यपी युवा फ्यानहरु पनि उल्लेख्य मात्रामा उपस्थीत थिए नै यसै क्रममा कार्यक्रममा प्रदिपलाई देखेर खुशीले हुटिंग गर्ने क्रममा एक युवती बेहोश भईन् त कतिपय युवतीहरु प्रदिपलाई अंकमाल गर्दै डाँको छाडेर रुदै थिए । अर्को परीदृश्य यस्तो पनि थियो भिड हटाउन तैनाथ प्रहरीलाई एक युवा फ्यानले हातपात नै गरे । प्रदिपले कन्सर्टमा उपस्थित दर्शकलाई उनले हस्ताक्षर गरेको फिल्मको नाम अंकित टिसर्ट र गुलाबको फूल बाँड्दा टिसर्ट र फूल समात्न दर्शकबीच ठूलै घम्साघम्सी देखिन्थ्यो ।

नीरक पौडेल निर्देशित फिल्म ‘रोज’ शुक्रवारदेखि उपत्यका लगायत देश भरी प्रदर्शनमा आएको छ ।फिल्ममा प्रदिप खड्का,मिरुना मगर,परमिता राणा, कर्मा लगायतको अभिनय रहेको छ । न्यूज२४नेपालबाट

Purbeli TV

तपाईको प्रतिक्रिया