प्रताप दासले खेले म्युजिक भिडियो, उनले गित मात्रै होइन अभिनय पनि उस्तै राम्रो गर्ने रहेछन हेर्नुहोस (भिडियो सहित)

काठमान्डाै / एपी वान टेलिभिजन बाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’का प्रतिस्पर्धी प्रताप दासले म्यूजिक भिडियोमा अभिनय समेत गरेका छन् । आइडलको ‘टप थ्री’ मा पुगेका दासले आफ्नो कला र गलाले सबैलाई लठ्ठ बनाउँदै आएका छन् । २०१६ मा खेलेको एक म्यूजिक भिडियोमा उनले उत्कृष्ट अभिनय गरेका छन् । नविन खड्काको शव्द, संगीत र स्वरमा रहेको ‘आइदेउ न’ बोलको गीतमा अभिनय गरेका छन् । उक्त गीतमा सविना र मिनाक्षीको साथमा अभिनय गरेका हुन् ।

सुमधुर स्वरका धनी दास २०१५ मा नेपाल टेलिभिजनबाट प्रसारण भएको रियालिटी शो ‘नेपाली तारा’ मा टप १० मा समेत परेको व्यक्ति हुन् । अहिले उनी बुद्ध लामा र निशान भट्टराईसँग आइडलको ‘टप थ्री’ मा पुगेका हुन् । आइडलको ग्राण्ड फिनाले असोज ६ गते कतारको दोहामा हुनेछ ।

तपाईको प्रतिक्रिया

Loading…