‘प्याब्सन आँगन’ प्रतियोगिता हुने

विराटनगर / प्याब्सन विराटनगरको आयोजनामा ‘प्याब्सन आँगन’ प्रतियोगिता हुने भएको छ । ‘प्याब्सन आगन’ मा एकल नृत्य र एकल गायन समावेश गरिएको छ । ‘सधैंको लागि, सबैको लागि, राष्ट्रको शिक्षा कलाको लागि, प्याब्सन आँगन, प्याब्सन विराटनगर’ मूल नाराका साथ उक्त प्रतियोगिता हुन लागेको हो । प्याब्सन विराटनगरले आइतबार पत्रकार सम्मेलन गरेर यसको अडिसन राउण्ड यही जेठ ३२ गतेबाट सुरू हुने जानकारी गराएको छ ।

विद्यालयहरूमा अध्ययरत विद्यार्थीहरूमा अन्तर निहीत कलाकारिताको दक्षतालाई अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कक्षा १० सम्म अध्ययरत विद्यार्थीहरूले यो प्रतियोगितामा भाग लिन पाउने प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राइले जानकरी दिए ।

तीन चरणको अडिसन राउण्ड पुरा गरेपछि प्रतियोगि फाइनलमा पुग्नेछन् । दुवै विधातर्फको सेमिफाइनलसम्म २५÷२५ जना छनौट गरेर फाइलनमा १०÷१० जना पुग्नेछन् । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । एकल नृत्य र एकल गायन दुवै विधाका विजेताले नगर र ट्रफी प्राप्त गर्ने छन् । अन्य उपबिजेता हुने ९ जना प्रतियोगीले ट्रफी तथा पुरस्कार पाउने अध्यक्ष राईले बताए ।

प्रतियोगितामा विराटनगर, बुढीगंगा र ग्रामथान गाउँपालिकामा रहेको ६० सदस्य विद्यालयहरूबाट करिब ३ सय भन्दा विद्यार्थीहरुले भाग लिने प्याब्सन विराटनगरका सचिव अर्जुन श्रेष्ठले जानकारी दिए । उक्त प्रतियोगिताको फाइनल विराटनगर साउन २४ गते हुनेछ । एकल नृत्यतर्फको प्राविधिक संयोजकमा निश्चल मगर रहेका छन् भने गायनतर्फको प्राविधिक संयोजकमा सुमन श्रेष्ठ छन् । प्रतियोगितालाई निश्पक्ष र भयरहित वातवरणमा भव्य र सभ्य तरिकाले कार्यक्रम हुने अध्यक्ष राईले बताए । प्रतियोगिता सम्पन्न गर्न करिव ४ लाख ९५ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading…