पूर्व प्रेमीले मलार्इ यसाे गर भन्छन : दीपाश्री

काठमाडौं। दीपकराज गिरी र दीपाश्री निरौला बीचको प्रेम प्रंसगका बारेमा अनेक चर्चा र परिचर्चा हुँदै आएको हो । यद्यपि यी दुबैले आफूहरु सहयात्री र मिल्ने साथी भएको बताउँदै आएका छन् । दीपकसँग नाम जोडीएकी दीपाले हालै मात्र अरु कसैसँग अफेयर चलेको रहस्य सार्वजानिक गरेकी छिन । दीपाको अनुसार उनको पहिलो प्रेम विराटनगरमा हुँदा नै परेको थियो । विराटनगरमा रहँदा हामीबीच प्रेमसम्बन्ध थियो तर सफल हुन सकेन ।

एक हिसाबले प्रेम सफल भएन दुर्भाग्य थियो र सौभाग्य के पनि भयो भने म प्रेममा अल्झेर उतै बसेको भए अहिले यो तामझाम, यो ख्याती प्राप्त गर्न सक्दिनथेँ होला । पहिलो प्रेम सफल नभएपनि पहिलो प्रेमीसँग अहिले पनि कुराकानी हुने गरेको दीपा बताउँछिन् । कुराकानी गर्ने क्रममा पूर्व प्रेमीले अब तिमी विवाह गर सेटल हुनुपर्छ भन्ने कुराहरु गर्ने गरेको जानकारी पनि दिईन् । दीपाका प्रेमी पनि सेटल भईसकेका छन् । एस काठमाडौं बाट

तपाईको प्रतिक्रिया

Loading…