धरानमा अन्तराष्ट्रिय फिल्म फेस्टिबल २०१७ हुदै

इटहरी। सुनसरीकाे धरानमा अन्तराष्ट्रिय फिल्म फेस्टिबल हुने भएकाे छ। भोली बुधबार बाट हुने भनिएकाे अन्तराष्ट्रिय फिल्म फेस्टिबलमा नेपाल सहित १९ देशका ४८ चलचित्र प्रर्दशन हुने छन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठाको प्रेक्षालयमा अायाेजना हुने साे महाेत्सवमा सूचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्कीले उद्घाटन गर्हुनुने कार्यक्रम तय भएकाे  छ।

पूर्वा अन्चलमै पहिलाे पल्ट हुन लागेकाे साे महाेत्सवमा नेपाल तथा विदेशबाट उल्लेखय रूपमा कलाकाहरूकाे उपस्थिती रहने बताएइएकाे छ ।  पाैष २७ गते देखी माघ २ गते सम्म (पाँच दिन) बिहान १० बजेबाट बेलुका ७ बजेसम्म संचालन हुने साे कार्यक्रममा रू ५० तिरेर
चलचित्र अवलाेकन गर्न सकिने फिल्म निर्देशक एमं महोत्सबका संयोजक दिपक श्रेष्ठले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया

Loading...