पूर्वका विभिन्न शहरमा मण्डला थिएटरको नाटक

mandela

बेलवारी । मण्डला थिएटर नेपालले लेट्स इन्टरटेन्टमेन्ट प्रा.लि सँगको सहकार्यमा पुर्वाञ्चल नाट्य यात्रा २०७३ को आयोजना गर्ने भएको छ ।नाट्य यात्रा अन्तर्गत पुर्वाञ्चलका पाँच विभिन्न सहरहरुमा नाटक तथा घुम्ती नाटक मन्चन गर्ने कार्यक्रम तय भएको छ । नाट्य यात्राका क्रममा दुई वटा नाटकहरु मन्चन गरिने छ ।

जसअन्तर्गत घुम्ती रगमन्च बस जुनकिरीमा बिगत लामो समय देखि नाटकको क्षेत्रमा लागेका वरिष्ठ नाट्यकर्मी राजन खतिवडा द्धारा निर्दे्शित “मनचिन्ते फिरन्ते“ र बन्द प्रेक्षालय हलमा नेपालकै उत्कृष्ट नाट्यकर्मी एवं मण्डला थिएटर नेपालका अध्यक्ष नायक दयाहाङ राई द्रारा निर्दे्शित “डिग्री माईला“ मन्चन हुने आयोजक लेट्स इन्टरटेन्टमेन्ट प्रा.लि कार्यकारी प्रमुख एव कार्यक्रम ब्यवस्थापक बिकाश बुढाथोकीले जानकारी दिए ।

२०७३ कार्तिक ३ गते देखि कार्तिक १३ गते सम्म हुने पुर्वाञ्चल नाट्ययात्रा अन्तर्गत सुनसरीको धरानबाट शुरु हुने नाटक मन्चनको क्रम सुनसरीकै ईटहरी,मोरङको बिराटनगर,लेटाङ,बेलवारी हुँदै झापाको दमकसम्म पुक्नेछ ।साथै समापन कात्तिक १३ गते धरानबाट नै गरिने आयोजकले जानकारी दिएको छ । नाटक मन्चनका लागि काठमाडौंबाट २२ सदस्यिय कलाकारहरुको टोली पुर्ब आउने क्रम जारी रहेको छ ।

टोलिका कलाकारहरुमा दयाहाङ राई,राजन खतिवडा,सिर्जना सुब्बा,बुद्धि तामाङ(हैट), नाजिर हुसेन(रामेश्वर),शोमनाथ खनाल,प्रदिपकुमार चौधरी,सुलक्षण भारती,उमेश तामाङ,बिकाश जोशी,आर्जेश रेग्मी,सारदा अधिकारी,निसा कार्की,निमिश कट्टटेल,ईगिहोपो कोइछ सुनुवार,शक्ति राई,सिजन दाहाल,रोहित पौडेल,रोशन थापा(आधा सुर) सुसान राउत र दिपक श्रेष्ठ लगायत कलाकारहरु यात्राक्रममा पुर्बआउने मण्डला थिएटर नेपालका कलाकार निर्देशन एवं मोरङ बेलवारीका स्थानीयबासीन्दा सोमनाथ खनालले जानकारी दिए ।

मोरङको बेलवारीमा हुने नाटक लेट्स इन्टरटेन्टमेन्ट प्रा.लिले ब्यवस्थापन गर्ने छ ।ट्यकर्मी राजन खतिवडा द्रारा निर्दे्शित “मनचिन्ते फिरन्ते“कार्तिक ५ गते साझ बेलवारी २ को सिनेमा हल लाईनमा मन्चन गरिने तेस्तै बन्द प्रेक्षालय हलमा नायक दयाहाङ राई द्रारा निर्दे्शित “डिग्री माईला“ बेलवारी २ कै मदन आस्रित पुस्प रत्न सास्कृतिक भवनमा कार्तिक १० गते दिउँसो १ बजे र साँझ ४ बजे मन्चन हुने आयोजक मध्येका स्थानीय सागर सुबेदीले बताए ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…