पुर्व मिस नेपाल निकिता चलचित्र ‘साङ्लो’मा नायक विराज भट्ट संग रोमान्स गर्ने

ईटहरी/ एक्सन अभिनेता विराज भट्टले चलचित्र ‘साङ्लो’ मार्फत् निर्माण र निर्देशनमा होमिएका हुन् । यस फिल्मको शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको छ । चलचित्रमा पूर्व मिस नेपाल निकिता चाण्डक लिड हिरोइन छिन् । बैशाख २४ गतेबाट छायांकन सुरु हुने चलचित्रमा विराजसँग ‘लभ स्टेशन’ का भिलेन प्रकाश शाहले ‘फाइट’ गर्नेछन् ।

कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्त, अमित गिरीलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ । चलचित्रलाई मानकृष्ण महर्जनले खिच्नेछन् । ‘साङ्लो’ को केही दिन अगाडि दुई दिनको छायांकन डोटीमा गरिएको अभिनेता टर्न निर्देशक विराजले बताए । विराज भट्ट फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रमा तेज बहादुर खड्काले विराजलाई लगानीमा सघाउने छन् ।

५० दिनमा छायांकन पूरा गर्ने लक्ष्य लिइएको यसमा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुको संगीत रहेको छ । काठमाडौं, सुदुर पश्चिम डोटीको जोराइल खप्तडमा चलचित्रको छायांकन हुनेछ । यसको स्क्रिप्ट शिवम अधिकारीले तयार पारेका हुन् । कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहने चलचित्रमा अष्ट महर्जनको द्वन्द्व रहनेछ ।

विराजलाई निर्देशनमा नवराज शर्माले सघाउने छन् । २ करोडको बजेटमा बन्ने चलचित्रलाई उत्कृष्ट बनाउन आफूले कुनै कसर बाँकी नराख्ने विराजले प्रतिवद्धता जनाएका छन् । उनले कथाको माग अनुसार नै निकितालाई चलचित्रमा छनोट गरिएको पनि बताए । निकिताले डेब्यू फिल्म एक स्थापित अभिनेतासँग गर्न पाउनु आफ्नो लागि सौभाग्यको कुरा रहेको बताइन् ।

उनी भन्छिन्, ‘मलाई चलचित्रको अफर हुँदा गर्दिन भनेर बसेको थिएँ । अभिनय सिकेर मात्र फिल्म गर्ने सोच थियो । तर, चलचित्रको फाइनल स्क्रिप्ट पढेपछि मैले छाड्न सकिनँ ।’ एक्सन-लभस्टोरी जनराको ‘साङ्लो’ लाई विराजले भोजपुरी र हिन्दीमा पनि डब गर्ने जानकारी दिए । – ठुलोपर्दाबाट ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…