पूर्वकाे टुरमा कन्दरा

धरान / करिब अढाई दशक अघि स्थापना भएको निक्कै नै चर्चित पोखरेली ब्याण्ड कन्दरा आगामी असोज १२ गते देखि पूर्वको तीन मुख्य सहरहरुमा आफ्नो सांगीतिक कार्यकर्म लिएर आउदैछन् । असोज १२ गते शुक्रबार दमकमा निर्माणाधीन रहेको हाम्रो बाल आश्रम निर्माणमा सहयोग पुर्याउने अभिप्रायले दमक स्थित सरस्वती माबीको मैदानमा कन्दरा लाइभ इन कन्सर्ट -दमक आयोजना हुदैछ भने असोज १३ गते शनिबार बिर्तामोड को टावर टेम्पल स्कुलको मैदानमा भान्जा इन्टरटेनमेन्ट को आयोजना कन्दरा लाइभ इन कन्सर्ट -बिर्तामोड आयोजना हुदैछ । दुवै सहरमा पहिलो पल्ट प्रस्तुति दिन लागेको कन्दरा ब्यान्डले आगामी असोज १५ गते सोमबार १९ बर्षको अन्तरालमा धरानमा हुने कन्दरा लाइभ इन कन्सर्ट -धरानमा आफ्नो प्रस्तुति दिने भएका छन् ।

लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘तिमी पारी त्यो गाउँमा ’, ‘डाँडा पारी’, ‘तगारोमा रुमाल राखी’, ‘चञ्चले कान्छीको ’ बिस्वासको दियो , बिदिसिएर गईन उनि जस्ता थुप्रै चर्चित गीतहरु गाएको कन्दरा ब्याण्ड लामो समयको ग्याप पछि पुन सांगीतिक क्षेत्रमा अहिले निक्कै सक्रिय छन् । गत बर्ष पनि उर्लाबारी र इनरुवामा प्रस्तुति दिन आएको कन्दरा ब्याण्ड अहिलेको पुर्व टुर बाट एकदमै उत्साहित रहेको मुख्य भोकलिस्ट बिबेक श्रेष्ठ बताउछन् । दमक र बिर्तामोड मा पहिलो पल्ट र धरानमा १९ बर्षको अन्तरालमा कार्यकर्म गर्न आउदैछौ , दर्शक स्रोताहरुको राम्रो साथ पाउने आशा कन्दराका बिबेक श्रेष्ठ बताउछन् । सिल्भर इन्टरटेनमेन्ट को व्यस्थापन र नेपाल आइस नेचुरा बियर को प्रायोजनमा कन्दरा लाइभ इन कन्सर्ट आयोजना हुन लागेको हो ।

Purbeli TV

तपाईको प्रतिक्रिया