‘पुरानो बुलेट’ को फस्टलुक सार्वजानिक


विराटनगर / प्रदर्शन मिति चैत्र १ गतेलाई तोकिएको नेपाली चलचित्र ‘पुरानो बुलेट’को फस्टलुक सार्वजानिक गरिएको छ । भीषण राईको निर्देशनमा बनेको चलचित्रमा अनुप विक्रम शाही, वर्षा सिवाकोटी र माला लिम्बूको मुख्य भूमिका रहेको छ ।
फस्टलुकमा नायिका वर्षा शिवाकोटीलाई गाउँले भेषमा प्रस्तुत गरिएको छ । यस्तै माला लिम्बूलाई बोल्ड भूमिकामा देखाइएको छ । चलचित्रमा अनुप र वर्षा गाउँले भूमिकामा देखिएका छन् भने मालालाई शहरीया युवतीको भूमिकामा देखाइएको छ । चलचित्रको कथा, पटकथा तथा लेखन सन्तोष राई र निर्देशक भीषण राईले गरेका हुन् । सन्तोष यो चलचित्रका कार्यकारी निर्माता पनि हुन् ।
चलचित्रमा अशोककुमार राई, दिपेन्द्र लिम्बू, विरेन साम्बा, टिकाराम राईको लगानी छ । पूर्वी नेपालको कथा र ठेट शब्दलाई यास चलचिलत्रमा उतारिएको कार्यकारी निर्माता सन्तोष राईको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Loading…