पुजा शर्मा लेख्छिन् ‘यस्तो गाली गलौजमा उत्रिनु भनेको अपराध नै हो’

इटहरी/ दिपाश्री निरौलाले एक अन्तरबार्तामा दिएको महानायक अभिव्यक्ति विवाद यतिबेला चरम उत्कर्समा पुगेको छ । यहाँ सम्मकी सामाजिक संजालमा दिपाश्रीलाई अश्लील तथा तल्लो स्तरमा गाली गलौज गर्नेहरुको लहर चलेको छ । यता दिपाश्री निरौलाई डिप्रेसनको सिकार भैसकेको निर्माता अशोक शर्माको एक स्ट्याटसले बताउछ । चर्को बिरोध भएपछि कलाकारहरू बिरोध गर्नेहरुकै समर्थन गर्दै दिपालाई सकारात्मक ढङ्गले सुझाव दिन आग्रह गर्न थालेका छन् ।

आज सनिवार केकि अधिकारी, प्रीयंका कार्कीले बिरोध गर्नेको समर्थन गर्दै दिपालाई सकारात्मक ढङ्गले सम्झाउन अनुरोध गरेका छन् । यस्तै नायिका पुजा शर्माले पनि एक स्ट्याटस लेखेकि छन । उनले ‘समर्थन र बिरोध भनेको जिवनमा एक हिसाबले चाहिने कुरा नै हो’ तर मान्छेको मनोबिज्ञानमै असर गर्ने तवरले यसरी बिरोध गर्न कसैलाई छुट नभएको लेखेकी छन् । हेर्नुस् उनको स्ट्याटस जस्ताको त्यस्तै ।

नेपालमा कोरोना महामारी सुरु भएसंगै सुरु भएको लकडाउनले सिनेमा नगरिमा धेरै उथलपुथल ल्यायो । फिल्म छायांकन हुन पाएन, रिलिज हुन पाएन, प्रोमोसन गर्न पाएन, यी र यस्ता कुरा त छदै छ तर नकारात्मकताको चर्चाले सिने नगरीको बाट कता ? भन्ने प्रश्न पनि खडा भएको छ । यो लकडाउनको अबधिमा धेरै झन्डै आधा दर्जन कलाकारहरू विवादको भुमरिमा फसे । सम्भवत यो छोटो अबधीमा यति धेरै कलाकारहरु एकसाथ विवादमा आएको नेपाली सिने उधोगमा पहिलो पटक हुनसक्छ । केही विवादहरु बिस्तारै सेलाउदै गएपनी दिपाश्री निरौलाको विवाद भने सेलाउने छाटकाट देखिएको छैन ।

सेलेब्रेटिकै एक पछि अर्को स्ट्याटसका कारण पनि उनी माथी नकारात्मक प्रतिक्रिया जनाउनेहरुको जमात झनै बढेर गएको सामाजिक संजालमा देख्न सकिन्छ । दिपाको समर्थनमा स्ट्याटस लेख्यो भने त लेख्ने ब्यक्तीकै बिरोध हुन थाल्छ । यता बिरोध गर्नेकै सपोर्ट गर्दै कुनै कलाकारले दिपालाई सम्झाउदै स्ट्याटस लेख्यो भने पनि बिरोध गर्नेको क्रम रोकिदैन । महानायक विवादमा फसेकी दिपालाई यतिबेला सबैको साथ र समर्थनको आवस्यकता चाहिएको छ । गल्ती महसुस गर्दै माफी मागीसक्दा पनि यति धेरै तल्लो स्तरको गाली, बिरोध र आलोचना गरिनु अमानवीय हो ।

तपाईको प्रतिक्रिया

Loading…