पलकी स्यानी बनिन् आँचल (भिडियाे)

नेपाली फिल्म क्षेत्रमा पल शाह र आँचल शर्माको जोडी अहिले चर्चामा छ । फिल्मको यहि चर्चित जोडी नयाँ भिडियोमा देखिएका छन् । बिबि अनुरागी र नम्रता तामाङले गाएको गीतको भिडियो ‘ओई स्यानी’ मा आँचल पलकी ‘स्यानी’ बनेकी छिन् ।

बिबि अनुरागीकै शब्द, संगीत र एरेन्ज रहेको गीतको भिडियोको कोरियोग्राफी र निर्देशन गम्भीर बिष्टले गरेका हुन् । नवराज उप्रेतीको छायाँकन र नविना निरौलाको सम्पादन रहेको भिडियो सार्वजनिक भए लगत्तै दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया