पत्रकार दासको मैथिली भाषाको गित सार्वजनिक (भिडियो सहित )

मोरङ । बिराटनगरका पत्रकार सोनुकुमार दासको मैथिली गित युट्यूब मार्फत सार्वजनिक भएको छ । ‘सौगात क्रिएसन फिल्मस प्राइभेट लिमिटेड ’ नामक यू–ट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको छ । गायक दासले उक्त गित सानै हुँदा गाएका थिए । गायक दासको सुमधुर स्वरमा सजिएको उक्त गीतमा विशाल देवल र मोडेल पुनमले साथ दिएकी छिन् ।

उक्त गित युनाइटेड रेकर्डिङ स्टुडियोले संयोजन गरेको छ । भावनात्मक गित ‘कोना बतायब मोनक बात ’ मा सप्तरी जिल्लाको अधिकांश प्राकृतिक एवम् धार्मिक स्थलहरुमा छायाङ्कन गरिएको छ । गीतको रचना, सङ्गीत तथा निर्मातां सागर बिर कडारीले गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…