पत्नी मधुसँग महानायक राजेश हमालको पहिलो म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

ईटहरी/ महानायक राजेश हमाल पछिल्लो समय फिल्मी पर्दाबाट टाढिएका छन् । तर उनी हालै एक म्युजिक भिडियोमा देखिएका छन् । सुनिल सिंह ठकुरीको स्वर रहेको ‘जिन्दगी’ बोलको गीतमा हमालसँगै उनकी पत्नी मधु भट्टराई पनि देखिएकी छन् । सार्बजनिक गीतको भिडियोमा मधु र राजेश पहिलो पटक एकसाथ पर्दामा देखिएका हुन् । राजेश हमालले पहिलो पटक पत्नीसँग स्क्रिन सेयर गरेका हुन् । भिडियोमा मधुलाई अन्त्य अन्त्यतिर देखाइएको छ । गीतको भाव जिन्दगीको सार खोज्ने प्रकारको छ ।

हीरा देवी श्रेष्ठको शब्द रहेको गीतमा गायक ठकुरीले नै संगीत भरेका छन् । उत्सव दहालले खिचेको म्युजिक भिडियोलाई विकाश दहालले सम्पादन गरेका छन् । यो भिडियोलाई दशरथ सुनुवारले निर्देशन गरेका हुन् ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…