‘नोबेल मिस्टर एण्ड मिस थारु आइकन सिजन २’ सुरू, दुहबी अडिसन बाट १३ जना छनाेट

मोरङ / प्रदेश १ स्तरीय नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०१९ सिजन २ को दुहबी अडिसन सम्पन्न भएको छ । दुहबीको दिनेश स्मृति हल (फरवार्ड) मा भएको अडिसनबाट १३ जना छनौट भएका छन । सिजन १ का बिजेता मिस्टर थारु आइकन तेजेन्द्र बिश्वास सहित निर्णायकहरू थारु कला केन्द्रका प्रमुख सल्लाहकार सुची चौधरी, फरवार्डका सिईओ आश नारायण चौधरी, हौली परिवार मोरङ – सुनसरीका अध्यक्ष श्रवण सुतिहार, थारु साहित्यकार लक्ष्मी चौधरीले ३ जना पुरुष र १० जना महिला गरि १३ जना प्रतियाेगीहर लाइ छनौट गरेका हुन ।

दुहवी अडिसनबाट छनौट हुने हरूमा सोनम चौधरी, सबनम थन्दार, रेशिका चौधरी, अन्जलि चौधरी, श्रेया बन्था, करिना चौधरी, अमन चौधरी, नम्रता चौधरी, बर्खा चौधरी , पवित्रा कुमारी चौधरी, पारस चौधरी , प्रशुराम माझी र सुलोचना चौधरी रहेका छन ।

दुहबिमा भएको अडिसनलाई सम्बोधन गर्दै थारु कला केन्द्रका अध्यक्ष देवकृष्ण बिश्वासले आइकनकाे उद्देश्य बारे जानकारी गराए ।
उनले भने ‘यस किसिमको कार्यक्रमलाई एउटा ब्युटी पाजेन्टको रुपमा मात्र नभई थारु कला संस्कृतिकाे जगेर्ना गर्ने कार्यक्रम र थारू समुदायका भाइ बहिनीहरूमा ब्यक्तित्व र नेतृत्व विकास गर्ने कार्यक्रमकाे रूपमा हेरिनु पर्छ ।’ साथै यस किसिमको कार्यक्रम लाइ मुख्य प्रायोजक भइ सहयाेग गर्ने नोबेल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलका संचालक डा. सुनिल शर्मा लाइ धन्यवाद समेत दिए ।

सोहि कार्यक्रम लाइ सम्बाेधन गर्दै थारु समुदायका बिश्लेषक तथा था.क.स का सल्लाहकार मिलिराम चौधरी, फरवार्डका सिईओ आश नारायण चौधरीले थारु कला केन्द्रले आयोजना गरेको कार्यक्रमको प्रंशसा गर्दै कार्यक्रम सफलताको शुभकामना दिए । र कार्यक्रम सफल बनाउन नैतिक, भौतिक, आर्थिकरुपमा सक्दो सहयोग गर्ने बताए ।

आइकनकाे पहिलो अडिसन श्रावण ३० गते झुम्काबाट सुरू गरिएकाे थियाे । पहिलाे अडिसन बाट ६ जना लाइ छनाैट गरिएकाे थियाे भने श्रावण ३२ गते गाईघाट उदयपुरको टाउन हलमा भएको अडिसनमा सपना चौधरी, ममता चौधरी, आशा चौधरी र पुजा चौधरी गरि ४ जना छनौट भएको थारु कला केन्द्रकी कोषाध्यक्ष सुनिरा चौधरीले जानकारी दिनु भयो ।

आगामी अडिसनहरू भदौ ५ गते झापा बिर्तामोडको एन्जिओ आईएमई मा, भदौ ६ गते मोरङकाे डागिहाट काली मा.वि. मा र भदौ ८ गते बिराटनगरको ड्याजल म्युजिक एण्ड फिट्नेस सेन्टरमा हुने छ । फर्म भर्न छुटेका इच्छुक थारु समुदायका युवायुवतीले अडिसन हुने दिन साेही स्थानमा गएर समेत अडिसन दिन सक्ने आयोजकले जनाएको छ ।

अडिसनबाट ३० पुरुष र ३० महिला छनौट गरि बन्द तालिमको लागी होटेल इस्टर्न स्टारमा २५ दिन संचालन गर्नेछ्न। तालिम अबधिमा थारु कला संस्कृति, भाषाकोबारे जानकारी थारु बिज्ञबाट कक्षा संचालन हुनेछ भने थारु परिकार, थारु पौराणिक समाग्री निर्माण, ब्यक्तित्व, नेतृत्व बिकास तालिम, उदघोषण, उत्प्रेरणा तालिम राष्ट्रिय स्तरका ब्यक्तिबाट संचालन गर्ने छन भने तालिम अबधिमा सामजिक कार्य, फोटो सुट, मोडलिङ्ग, भ्रमण तथा नि:शुल्क स्वास्थ्य शिविर गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…