नेपाल आईडल पछि अन्तर्राष्ट्रिय फ्रेन्चाईज शो “नेपाल्स गट ट्यालेन्ट” हुदै

इटहरी / नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय फ्रेन्चाईज शो “नेपाल आईडल” भित्र्याईएको एपिवान च्यानलले फेरि अर्को फ्रेन्चाईज शो सुरु गर्न लागेको छ । नेपाल आईडलले सुरु देखि नै बिबाद खेप्नु पर्यो जुन क्रम अन्त्य अर्थात फाईनल सम्म ताली भन्दा गाली र आलोचना खेप्नु पर्यो । एपिवानको पहिलो फ्रेन्चाईज शो नेपाल आईडलले सहज यात्रा गर्न सकेन ।

हाल एपिवानले नेपाल आईडल फाईनलको लगत्तै अर्को अन्तर्राष्ट्रिय फ्रेन्चाईज शो “नेपाल्स गट ट्यालेन्ट” को प्रोमो सार्बजनिक गरेको छ । सार्बजनिक प्रोमोमा एपिवानको आयोजना संगै डिसि नेपाल डट कम सह प्रायोजकको रुपमा रहने छ । बिस्तृत जानकारी भने आउन बाकी नै छ । अब यो शो को नेपाल आईडल जस्तै जटिल यात्रा रहन्छ कि सहज हुने हो, त्यो भने हेर्न बाकी नै छ ।

तपाईको प्रतिक्रिया

Loading...