नेपाल आइडल र छनौट हुने सुत्र

अडिसन दिदा ध्यान दिनुपर्ने १० कुराहरु:

सन् २०१७ देखि नेपालमा शुरु भएको” नेपाल आइडल “गायन रियालिटी शोलाई एपी वान टेलिभिजनले प्रसारण गर्दै आएको छ।यसपालि पनि तेस्रो सिजनको लागि यहि भदौ ३१ गते पोखराबाट अडिसन शुरु भएर देशभरिका विभिन्न ठाउँमा अडिसन हुँदै कार्तिक ५ गते काठमाडौंमा अन्तिम अडिसन हुनेछ।गायनमा प्रतिभा भएकाहरुका लागि नेपाल आइडल राम्रो प्लेटफार्म हो ।यसले प्रतिभाहरुको कदर गर्दै नेपालमा राम्रो गायक/गायिकाको ट्याग लगाइदिन्छ साथै नाम ,दाम र काम प्राप्त गर्ने अवसर पनि प्राप्त हुन्छ।।गायनमा रुचि भएका,दख्खल राख्नेहरुले यो अवसर छुटाउनु हुँदैन ।

यसपटक पनि तेस्रो सिजनको रुपमा अडिसन खुलिसकेको छ।नेपाल आइडलको मन्चमा पुग्न पहिला अडिसनकोढोका पार गर्नु पर्ने हुन्छ। मैले लगातार पहिलो र दोस्रो गरी दुई सिजनका अडिसन हेरिसकेको छु।ती अडिसनमा कस्तो गीत गाउनेहरु बढी छनौट भए?छनौट हुन नसकेकाहरुको कमी कमजोरी के रहेको थियो ?अब कसरी अडिसन राउण्ड पार गरिन्छ भन्ने विषयमा निम्न कुराहरु ख्याल राख्न जरुरी छ।

अडिसन दिदा ध्यान दिनुपर्ने १० कुराहरु:

१.तपाईंले धेरै गुनगुनाउने वा पर्फेक्ट गाउन सक्ने गीत मात्र गाउनुहोस् ।
२.सङ्गीतको ज्ञान भएको खण्डमा कुनै गाउने गीतमा थोरै हर्कत गर्नुहोस् ।आफ्नो गुरुसँग हर्कतबारे ज्ञान लिनुहोस् ।
३.आफ्नो स्वर पहिचान गरेर सोही अनुसारको गीत गाउनुहोस्।
४.अडिसनमा बसेका निर्णायकहरुले गाएको,रचना गरेका वा सङ्गीत गरेको गीत नगाउनुहोस् किनकी कमजोरी सजिलै पत्ता लाग्न सक्छ।
५.अडिसनमा लोक गीत नगाउनुहोस् किनकी लोक गीत गाएर अडिसन पास भएका सायदै होलान् ।
६.अडिसनमा गीत प्रस्तुत गरेपछी फेरि अर्को गीत गाउन अनुरोध गरेमा अर्को प्याट्रनको गीत गाउनुहोस् ।जस्तै:- आधुनिक गाउनु भएको छ भने पप वा लोकपप गाउनुहोस् ।

७.अडिसनका लागि कम्तिमा आधुनिक,पप र लोकपप गरि ३ वटा गीत तयारी गर्नुहोस् ।
८.निर्णयकहरुको बारेमा पूर्ण जानकार हुनुहोस् ।
९.अडिसनमा जाँदा स्ट्याइलिस् हुनुहोस् ।जस्तै:- हेयर स्टाइल,ड्रेस अप आदि।साथै आफ्नो ठाँउको महत्वबारे बताउनुहोस् ।
१०.छनौट हुन नसक्दा मौका नमाग्नुहोस् ।”अर्को वर्ष अडिसनमा तयारीका साथ आउनेछु” भनेर सकारात्मक बनाएर बिदा माग्नुहोस् ।

सिएन गौतम (लेखक गीतकार हुनुका साथौ गीत सङ्गीतबारे गहिरो चाख राख्छन् ।)

 

तपाईको प्रतिक्रिया

Loading…