नेपाल आइडल प्रतिस्पर्धी निशान भट्टराईको पूर्वमा भब्य स्वागत

इटहरी। चर्चित रियालिटि सो नेपाल आइडलको टप ३ मा पुगेका मोरङ उर्लाबारीका निशान भट्टराईको गृह जिल्ला मोरङमा भव्य स्वागत गरिँएको छ । नेपाल आइडलको टप–३ मा पर्न सफल निशान आयोजक एपी वान टिभीको व्यवस्थापनमा गृह जिल्ला आएका हुन् ।

बिहान ११ बजे विराटनगर विमानस्थलमा उत्रिएका निशानलाई विमानस्थलमै भव्य स्वागत गरिएको थियो । उनको स्वागतमा ठूलो संख्यामा उनका शुभचिन्तक तथा आफन्तसमेत पुगेका थिए । विमानस्थलबाट बाहिरिएपछि कञ्चनबारीमा पनि निशानको स्वागत गरिएको थियो ।

तस्विर – तेजन खडका

हातमा फूलमाला बोकेर लामबद्ध शुभचिन्तकले उनको स्वागत गरेका थिए । युवा युवतीहरु निसानसँग सेल्फि खिचाउन ब्यस्त देखिन्थे । प्रहरी प्रशासनलाई माहौल नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो । निसानलाई अक्कमाल गर्न र फोटो खिच्न तछाड मछाड भएको थियो । जसको कारण माहौल नै अस्तब्यस्त बनेको थियो ।

स्वागतपछि कञ्चनबारी चोकमा निशानले आफ्ना शुभचिन्तका लागि केही गित गाएर सबैलार्इ नचाएका थिए ।त्यसैगरी बिराटनगरबाट सिधै इटहरी अाइपुगेका निशानलार्इ मुख्य चाैकबाटै शुभचिन्तकहरूले बाेकेर कुदाएका थिए । करिब १ घण्टा प्रस्तुती दिएका निशानलार्इ  इटहरीबासीले तालीकाे गडगडाहटले स्वागत गरेका थिए ।

केही समय अघी गर्मीले उफ उफ गरीरहेका युवा युवतीहरू निशानकाे प्रस्तुती संगै घाम र गर्मी बिर्सेर कम्मर मर्कार्इ मर्काइ नाच्न बाध्य भएका थिए ।  बिदाइकाे क्रममा इटहरी जनप्रतिनिधी तथा मेयर द्वारीकलाल चाैधरीले निशानलार्इ अत्याधिक मत दिएर नेपाल अाइडलमा बिजयी गराउन अनुराेध गरेका थिए ।

गत हप्ताको अन्तिम–४ बाट छनौट हुँदै टप–३ मा पर्न सफल तीनैजना प्रतियोगीलाई आयोजक एपी वान टिभीले आ–आफ्नो गृह जिल्ला पठाएको हो । प्रतियोगीलाई परिवारसँग भेटघाट तथा प्रचारात्मक कार्यक्रमका लागि समय दिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया