नेपाल आइडलबाट बाहिरे पछि विशाल घिमिरेले कसलार्इ दिए मन (भिडियो सहित)

काठमाडौँ । “तिमीलाई दिएको मन कहाँ अरुलाई दिन सक्छु म त्यस्तो दिन आए जिन्दगीमा आफ्नो प्राण आफै लिन सक्छु म” अहिलेका सार्वाधिक रुचाइएका मोडल निराजन प्रधान आफ्नी प्रेमिका चर्चित नायिका केकी अधिकारीलाई यसरी फकाउँदैछन। निराजन अरु कसैसँग लागेको शंका भए पछि रिसाएकी केकीलाई गायक विशाल घिमिरेको नयाँ म्युजिक भिडियोमा फकाउन निराजन भरमग्दुर प्रयाश गर्दैछ्न।

नयाँ पुस्ताका राम्रो गायकको रुपमा दरिएका यस गीतका गायक बिशाल नेपाल आइडलको टप ३० सम्म पुगेका थिए। यस अघि पनि “मन मुटु” र “धेरै माया” आदि हिट गीत दिइसकेका बिशालको “तिमीलाई दिएको मनको”बोलको यस गीतमा जोनी तामाङ योञ्जनको संगीत रहेको छ।

यो गीत बिदेशमा बसेर गीत गजलमा छुट्टै नाम बनाउन सफल नृपेश उप्रेतीले लेखेका हुन। यस अघि आएको बिशालको “मन मुटु” गजल पनि उप्रेतीले नै लेखेका हुन। बुढासुब्बा म्युजिकको युट्युब च्यानलबाट रिलिज गरिएको यस गीतका भोडियो निर्देशक बिशाल भण्डारी हुन भने छायांकार अर्जुन तिवारी र सम्पादक निशान घिमिरे हुन।

तपाईको प्रतिक्रिया