नेपाल आइडलका दावेदार निसान

उर्लाबारी / पूर्वाञ्चलकै प्रतिनिधित्व गर्दै नेपाल आइडलमा टप टेनमा पुगेका मोरङ उर्लाबारीका निसान भट्टराईलाई ‘आइडल’ बनाउन उर्लाबारीवासी सक्रिय रुपमा लागिपरेका छन । सिकाई र प्रतिभाको हिसाबले प्रतिस्पर्धीहरू मध्ये उत्कृष्ट भएको कारण उनलाई प्रथम नेपाल आइडल बनाउन उर्लाबारीबासीहरु जुटेका छन् । उद्योग बाणिज्य संघ उर्लाबारीका अध्यक्ष भरत भट्टराईको संयोजकत्वमा निसान जिताउ अभियान समुह नै निर्माण भएको छ ।

उक्त अभियानमा साहित्यकार कृष्ण उदासी,युवा व्यवसायि सचिन शाक्य,न्यानो अभियान नेपालका अध्यक्ष पुर्ण सिंगक लिम्बू,लायन्स क्लव उर्लाबारीका अध्यक्ष पवन वाईवा,सञ्चारकर्मी घनश्याम भण्डारी,सरोज बस्नेत,इश्वर भट्टराई,बिजय धिमाल,किशोर श्रेष्ठ, स्थानीय युवा सविन गौतम,टिका भट्टराई,रोजिना सुवेदी लगायत सक्रिय रुपमा लागिरहेका छन् ।

उक्त समुहले झापा,मोरङ,सुनसरी लगायत बिभिन्न ठाउँहरुमा पुगेर भोटको लागि आवह्वान गरिरहेकोछ भने आर्थिक संकलन पनि गरिरहेकोे छ । यस्तै, पथरीमा सन्तोष राई,गोपाल काफ्ले, इटहरामा कमल जोजो वाईवा, दमकमा त्यहाको समाजिक काममा सक्रिय युवाहरुलाई अभियानमा समावेश गराईएको छ ।

अभियानकर्मीले सामाजिक सन्जाललाई पनि भोट माग्दै भरपुर सदुपयोग गरेको छ । ‘एकदमै प्रतिभाशाली भाई भोटकै आधारमा प्रतियोगिताबाट बाहिरिनु नपरोस भनेर भोटिङको लागि अभियान गरिरहेका छौ, अभियानकर्मी कृष्ण उदाशीले भने,‘ भोटिङको लागि राम्रो प्रतिक्रिया पाईरहेका छौ ।’ उदाशीले निसान अब पूर्वकै प्रतिनिधित्व भएको भन्दै ‘पूर्वको पहिचान,निसान’ भन्ने नारा लिएर अघि बढेको बताए । ‘निसानको गायकी राम्रो छ, खोट लगाउने ठाउँ छैन, अब भोटको खाँचो सबैले भोट गरिदिनुहोला,आग्रह गर्दै उनले भने । पछिल्लो पटक पूर्वबाट सहभागी मोरङ रतुवामाईका प्रताप तामाङ,झापाकी मेनुका पौडेल प्रतियोगिताबाट बाहिरिएपछि उहाँहरुलाई आउने मत निसानलाई आउनेछ भन्ने पनि अभियानकर्मीहरुको विश्वास छ ।

पूर्वकै धैरै प्रतियोगिहरु धैरै हुँदा कस्लाई भोट गर्ने भनेर दोधार भएको थियो, जस्ले पनि आफ्नो ठाउँका लाई फोकस गरेको हुन्छ । यद्यपि, अब झापा मोरङका अनि पूर्वाञ्चलकै भोट पनि निसानलाई आउनेछ र निसान आईडल बन्ने प्रमुख दाबेदार बन्नेछन् । झण्डै सात बर्ष अघि भएको सिंगिङ आईकनको टप ५ मा पुगेका निसान त्यहि बेला बिजयी हुने सबैले लख काटेका थिए । तर त्यति बेला आयोजक नै फरार भएपछि प्रतियोगिता नै ढिसमिस भएको थियो । रियालिटीको सो ले डुबाए पनि हरेश नखाई निरन्तर संगीत साधानामा लागेर खारिएका भट्टराईको गायकीले सबैको मन जित्दैछ । उनको फेसबुकमा फ्रेन्ड रिक्वेष्टको बाढी गएको छ । जसले गर्दा उनले सबैलाई अटाउन नसकेपछि पेज नै बनाउनु परेको छ । फेसबुमा ५ हजारमात्र साथी अटाउन सकिने प्रावधान छ ।

अहिले उनको फेसबुक र पेजमा लाईक नेपालका चर्चित सेलिब्रेटीको भन्दा कम छैन् । उनले गरेको पोष्टमा १५ हजार माथि सम्म लाईक आउने गरेको छ । त्यसैले पनि निसान उत्साहित छन् । निसानले आफुलाई फेसबुकमा माया गरेजस्तै भोट गरेर पनि जिताउन आग्रह गरेका छन् । हजुरहरुको एक एक भोटले मलाई नेपाल आइडल बनाउनेछ, म मेरो गायकी पनमा कमी हुन दिनेछैन,निसानले भने । बुबा नित्या नन्द भट्टराई र आमा रेनुका भट्टराईको कोखबाट कान्छो सुपुत्रको रुपमा वि.सं. २०५३ साल जेठ २९ गते मोरङको उर्लाबारीमा उनको जन्म भएको हो । उनको प्रारम्भिक शिक्षा उर्लाबारीकै भृकुटी मोडल एकेडेमीबाट सुरु भएको हो । सानैदेखि संगीतको पारखी भएकाले सोही विद्यालयबाट संगीतको पनि प्रारम्भिक शिक्षा गुरुहरू विशाल राई र लिला पौडेलबाट सुरु गरेका थिए ।

उनले उर्लाबारीको बिहानी कलाकेन्द्रमा पनि लामो समयसम्म गुरुहरू कमला खनाल र यशोदा शाक्यसँग संगीतको शिक्षा लिएका छन् । उच्च माध्यमिक विद्यालयको पढाई सकिएसँगै काठमाण्डौको शंकरदेव क्याम्पसमा व्यवस्थापन विषय पढ्दै हाल मुर्छना संगीत विद्यालयमा गुरु मनोजराज शिवासँग संगीत पनि सिकिरहेका छन् । उनका गुरु मनोजराज शिवाका अनुसार उनी विशिष्ट प्रतिभा हुन् त्यसैले नेपाल आइडलका उनी दाबेदार हुन् । तर घर परिवारले पनि आर्थिक अभावकै कारण भोटमा समस्या भएको जनाईरहेको छ । निसानका बुवा नित्यानन्दले भने‘ हामी घर परिवारको सामथ्र्यले नभ्याउने भएकोले सम्पूर्णमा भोटका लागि अनुरोध गर्दछौ । ’ यसअघि निसानका बाबाले भोटको लागि लैनो गाई बेचेको समाचार आईसकेको छ ।

प्रत्येक बिहिबार बेलुका ८ः४५ बजे एपी वान टेलिभिजनमा प्रसारण हुने नेपाल आइडलमा प्रसारण हुन्छ । गायन प्रतिभाको खोजीका लागि बहुप्रतीक्षित मानिएको ‘नेपाल आइडल’को अडिसन २०७३ माघबाट सुरु भएको थियो । विश्वमै धेरै हेरिने टेलिभिजन फ्रेन्चाइज ‘आइडल’ को नेपाली संस्करणलाई एपी वान टेलिभिजनले प्रस्तुत गरिरहेको छ । यस गायन प्रतियोगिताका लागि संगीतकार न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी निर्णायक रहेका छन् । सन् २००१ मा बेलायतका टेलिभिजन प्रोड्युसर साइमन फुलरले सुरु गरेको यो रियालिटी शो विश्वका विभिन्न मुलुकमा चर्चित छ ।

बेलायतमा पप आइडलका रूपमा परिचित यो सांगीतिक प्रतिस्पर्धा बाँकी देशमा सम्बन्धित देशको नामसँग आइडल जोडेर परिचित छ । अमेरिकी टेलिभिजन फक्स च्यानलले सन् २००२ बाट यो शोलाई अमेरिकन आइडलका रूपमा सञ्चालन गरेपछि विश्वव्यापी रूपमा यसको चर्चा सुरु भएको हो । अमेरिका, अस्टे«लिया, अरब, इन्डोनेसिया, न्युजिल्यान्ड, ल्याटिन अमेरिका, पोल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान र भारतपछि फ्रेन्चाइज ‘आइडल’ को नेपाली संस्करण नेपाल आइडल सुरु भएको हो ।

पछिल्लो समय स्तरीय र व्यवस्थित गायन प्रतियोगिता हुन नसकिरहेका बेला सुरु भएको नेपाल आइडलका कारण हजारौं संगीतप्रेमी युवा उत्साहित छन् । विश्वमा टेलिभिजन च्यानलले आयोजना गरेका विभिन्न रियालिटी शोले जसरी सफलता चुमेको छ त्यसरी नै नेपाल आइडल नेपाली सांगीतिक क्षेत्रका लागि मानक हुने विश्वास गरिएको छ ।

अग्निपरीक्षा राउण्ड, थिएटर राउन्डपछि पियानो राउण्ड हुँदै बिभिन्न चरणअन्तर्गत गाला राउन्डमा विजयी भएर अन्तिम चरणमा प्रवेश गर्दै उर्लाबारीका विशिष्ट प्रतिभा निशान भट्टराई नेपाल आइडलको उत्कृष्ट १० मा पर्न सफल भएका छन् । निशान भट्टराईलाई जिताउनको लागि vote गर्ने तरिका 07 type गरेर तेस्लाइ 35225 मा पठाइदिनुहोला । (बिहिबार राती ८ः४५ देखि शुक्रबार दिउँसो १२ बजे सम्म भोट गर्नु पर्ने प्रावधान रहेको छ । एउटा मोबाइल बाट जति पनि भोट गर्न सक्न सकिनेछ ।

 

तपाईको प्रतिक्रिया