नेपालि सिने उधोगको पहिलो फिल्म ‘आमा’ फेरी निर्माण हुदै, आमाछोरी बन्दै सूर्यमाला र सुरक्षा

ईटहरी/ फिल्म ‘आमा’ फेरि बन्ने भएको छ । नेपाली फिल्मको इतिहास ‘आमा’ फिल्मबाट सुरु भएको हो । हिरासिंह खत्रीले नेपालमा पहिलो पटक वि.स. २०२० मा फिल्म ‘आमा’ निमार्ण गरेका थिए । रेसराज आचार्यले २०५१ सालमा नाम सापटी लिएर ‘आमा’ पुन निर्माण गरेका थिए ।

अब फेरि निर्देशक दीपेन्द्र के खनालले ‘आमा’ फिल्म निर्माण गर्न लागेका छन् । फिल्म ‘आमा’ निर्माण गर्ने औपचारिक घोषणा मङ्गलवार भएको छ । शर्मिला पाण्डेले यो फिल्म निर्माण गर्दैछिन् । फिल्मको कथा र छायाङ्कन पनि निर्देशक खनाल कै रहनेछ ।

‘आमा’ को मुख्य भूमिकामा सुर्यमाला खनाल रहने र छोरीको भूमिका अभिनेत्री सुरक्षा पन्तले निभाउने भएकी छन् । फिल्म ‘आमा’ मा सुर्यमाला खनाल, सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी लगायत कलाकारहरु रहनेछन् । फागुन ९ गतेबाट फिल्म प्रदर्शनमा मिति ताेकिएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…