निशान भट्टराई प्रहरी चौकिमा : भिड थाम्न हम्मे-हम्मे, यस्तो छ बास्तबिकता (भिडियो सहित)

भदौ २६, ईटहरी / नेपाल आईडल फाईनलको संघारमै आईपुग्न लाग्दा उत्कृष्ट ३ मध्येका एक निशान भट्टराई भोट अपिल गर्दै पुर्वका विभिन्न ठाउँ पुग्ने क्रममा आज ईटहरी पनि आईपुगेका छन । बिराटनगरमा कार्यक्रम सकेर ईटहरी आईपुगेका उनलाई घण्टौ अघिदेखि फ्यान तथा सुभचिन्तकले पर्खिरहेका थिए । हजारौं फ्यान माझ जब उनी झुल्किए अनि माहौलले अर्कै रुप लियो ।

कार्यक्रम स्थल आउनु पहिले नै उनले भ्यानबाट आफ्ना फ्यानलाई हात हल्लाउदै आएपछि भने हल्ला र सुसेलिले ईटहरी चोक गुन्जयमान बन्यो । उनी स्टेज चडे तर ट्र्याकमा गीत गाउन थाले पछि हल्लाले गर्दा उनले ट्र्याक बिनै मुखले मात्र “यो गाउको ठिटो म” लगायतका गीत गाउदै दर्शक झुमाए भने भोट अपिल पनि गरे । भिड थाम्न नसके पछि उनलाई स्टेजबाट ओराल्न हम्मे-हम्मे पर्यो । अन्ततः उनलाई प्रहरी चौकी पुर्याउनु पर्यो । अहिले हामिले प्रहरी चौकी पुर्याईएको भिडियो प्रस्तुक गरेका छौ । उनको प्रस्तुती सहितको भिडियो पनि सार्बजनिक गर्नेछौ ।

भिडियो

तपाईको प्रतिक्रिया

Loading...