निशान भट्टराईले ल्याउदैछन् ‘लाहुर जाने रेल’

ईटहरी / नेपाल आईडलको पहिलो सिजनमा प्रतिष्पर्धी भएर आम संगीतप्रेमी दर्शकहरुको माझ लोकप्रिय भएका निशान भट्टराईले एक पछि अर्को हिट गितहरु सार्बजनिक गरिरहेका छन् । निक्कै फुर्तिला निशान गाउने मात्र हैन आफ्नो गीतको भिडियोमा आफै अभिनय गर्न समेत अघि सर्छन । हाल छायांकन हुदै गरेको उनको अर्को गीतमा पनि उनि आफै अभिनयमा उत्रेका छन् ।

अहिले उनले आफ्नो स्वरमा ‘लाहुर जाने रेल’ बोलको गीतको भिडियो सार्बजनिक गर्ने तयारि गरिरहेका छन् । जसको यतिबेला धमाधम छायांकन भैरहेको उनले हामीलाई बताए । सो गीतमा सब्द तथा संगीत प्रसान्त पौडेलको रहेको छन् भने भिडियोलाई सम्पादन तथा निर्देशन प्रविन भट्टले गर्दैछन् । नेपाल आईडलको यात्रा पछि उनले धेरै गीतहरु गाईसकेका छन्अ भने नेपालि फिल्मका गीतहरुमा पनि उनले स्वर भरेका छन् ।

जुन गीतहरु लोकप्रिय बनिसकेका छन् । नेपाल आइडल पहिलो सिजनको सेकेन्ड रनरअप निशानले सार्बजनिक गर्न लागेको गीत तथा भिडियोमा एउटा आर्मीले आफ्नो देशको निम्ति गरिएको बलिदान, त्याग र तपस्याका साथै आफ्नो जिबनमा भोग्नु परेको भोगाइ, दुख, कस्ट आदि कथा बस्तुलाई समेटिएको उनले जानकारी गराए ।

उनले सो म्युजिक भिडियोका लागि तयारि गरिएको आफ्नो गेटअप तथा लुक्सलाई पनि आफ्नो फेसबुकमा सार्बजनिक गरेका छन् । जसमा उनि सिरुपाते जुंगामा ढलक्क छन् भने आर्मीको भेषमा हतियार बोकेर उभिएका छन् । उनलाई भिडियोमा रिचा न्यौपानेले अभिनयमा साथ् दिएकि छन् । छिट्टै सार्बजनिक गरिने सो गीतको भिडियोलाई अनिल के. मानन्धरले खिचेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…