नारायणगोपालको स्मृतिमा सांस्कृतिक कार्यक्रम सम्पन्न

swor-samrat-narayan-gopal

काठमाडौँ, १९ मङ्सिर । सांस्कृतिक संस्थानद्वारा स्वर सम्राट नारायणगोपालको २६ औँ स्मृति दिवसका अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । संस्थानले आज यहाँ संस्थानका पूर्वमहाप्रबन्धकसमेत रहनुभएका नारायणगोपालको स्मृति दिवसका अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नवकलाकारले स्वरसम्राट नारायणगोपालले गाएका एक दर्जनभन्दा बढी गीत गाएका थिए ।

वरिष्ठ सङ्गीतकर्मी दीपक जङ्गमले नारायणगोपालमा बहुआयमिक प्रतिभा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नारायणगोपालले ४७ वटा गीतमा आफैँले सङ्गीत दिनुभएको छ उहाँ नेपाली गीत क्षेत्रमा स्वरसम्राट हुनुहुन्छ ।”

संस्थानका महाप्रबन्धक राजेश थापाले वरिष्ठ स्रष्टाको सम्मान र आदर गनुपर्छ र उहाँहरुको सिर्जनालाई नयाँ पुस्तासम्म लैजानुपर्छ भन्ने मान्यताअनुसार दुई वर्षदेखि संस्थानले स्रष्टाको स्मृति दिवस मनाउन लागेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सङ्गीत क्षेत्रमा लाग्ने नयाँ पुस्तालाई नारायणगोपालको बारेमा जानकारी लिन यस्तो कार्यक्रमले ठूलो सहयोग पुग्छ ।” नारायणगोपाल २०३७ देखि २०४० सम्म सांस्कृतिक संस्थानको महाप्रबन्धक हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया

Loading...