नायिका साम्राज्ञीलाई देख्दा फ्यानको आँखामा आशु (तस्विर सहित)

इटहरी । चलचित्र क्षेत्रमा छोटो समयमा नै चर्चित बनेकी साम्राज्ञी राज्यलक्ष्मी शाहलाई धेरैले रिजर्भ नायिका पनि भन्छन् । अरु नायिका भन्दा धेरै कम चलचित्रमा देखिने उनि मिडिया बाहेक अन्य समयमा उनलाई भेट्न मुश्किल नै पर्छ ।

तर, साम्राज्ञीको सामाजिक संजालमा एउटा छुट्टै दुनियाँ छ, जसबाट उनि नेपाली दर्शकहरु बिच लोकप्रिय नायिका हुन र उनको फ्यान पनि अत्याधिक छन् । उनलाई सामाजिक संञ्जालमा फलो गर्ने अन्य नायिका भन्दा साम्राज्ञी अग्र स्थानमा छिन् । उनको फ्यानका कारण साम्राज्ञीलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन निकै मुस्किल हुने गर्छ । साम्राज्ञीसँग फोटो र सेल्फि लिनलाई फ्यान बिच तछाडमछाड नै हुने गर्छ ।

यसको पछिल्लो उदाहरण इन्टु मिन्टु लण्डनमा चलचित्रको प्रमोसनको लागी इटहरी आएकी साम्राज्ञीको एक फ्यान उनकै अगाडी रुएकी छिन् । इटहरीस्थित रिर्पाेर्टस क्लबमा चलचित्रको प्रमोशनको लागी आयोजना गरिएको पत्रकार सम्मेलनमा उनि उपस्थित भएको समयमा इटहरीकी ब्यूटिसियन मनिता तामाङ साम्राज्ञीलाई देखेर रुएकी हुन् ।

तामाङ साम्राज्ञीको ठुलो फ्यान भएको बताउछिन् । उनलाई प्रत्यक्ष आँखा अगाडी देख्न पाउदा खुशीले आशु झरेको उनको भनाई छ । ‘साम्राज्ञीको हरेक चलचित्र, उनको बोली र स्टाईल मलाई धेरै मन पर्छ, चलचित्रमा देखिने आफ्नो फ्यानलाई आँखै अगाडी देख्दा चमत्कार भएझै लाग्यो’ उनले भनिन् । साम्राज्ञीलाई भेट्न पाउदा अत्यन्त प्रफुल्ल भएकी तामाङले उनलाई ‘हग’ समेत गर्न भ्याईन । ‘देख्दा अनि हग गर्दा झन खुशीले आशु झरयो’ । ‘आजको क्षण बिशेष बन्यो’ उनले भनिन् ।

तामाङले इन्टु मिन्टु लण्डनमा चलचित्रको टाईटल गितमा समेत ‘म्युजिकल्ली’ (अहिले टिकटक) गर्ने अवसर पाईन । पेस्को मेकअप स्टुडियोकी संञ्चालिका समेत रहेकी तामाङले स्टुडियोको तर्फबाट चलचित्रका टिमलाई चलचित्रकै पोष्टर फ्रेममा सजाएर आकर्षक मायाको चिनो प्रदान गरेकी थिईन । साथै कलाकार तथा अन्य टिमलाई खाँदा ओडाएर सम्मान समेत गरिन् ।

पत्रकार सम्मेलनपछि नायिका साम्राज्ञी र नायक धिरज मगरसँग फोटो र सेल्फि लिनेहरुको भिडनै लागेको थियो ।

तपाईको प्रतिक्रिया