नायिका श्वेताले निर्माण गरेको ‘माझी बस्ती’ (भिडियो सहित)

ईटहरी/ विनाशकारी भूकम्प पछि एकिकृत बस्ती बनाउने देशमा एक किसिमको लहर नै चल्यो । हेर्दा चिटिक्क देखिने ती सुन्दर घरहरु बनाउन साच्चै नै मनै लोभ्याउने खालका हुने गर्छन् । धूर्मुस-सुन्तलीले बनाएका गिरानचौर बस्ती होस् या मुसहर बस्ती अनि अहिले बन्दै गरेका स्वेता श्री फाउन्डेसनको अभिभावकत्व तथा संरक्षण पाएका सिन्धुपाल्चोकको माझी बस्ती । हेर्नुहोस् भिडियोमा यत्ति सुन्दर बन्दैछ यो माझी वस्ती…

चौतारा साँगाचोकगढी नगरपालिका-१४ भिमटार माझी बस्तीमा नायीका श्वेता खड्काको समन्वयमा निर्माण सुरु गरिएको एकीकृत माझी बस्ती निर्माणमा ढिलाई भए पनि विभिन्न कठिनाईहरुलाई छिचौल्दै अघि बढिरहेको छ । भिमटारको माझी बस्तीका स्थानीयलाई लक्षित गरी नायिका खड्काले श्वेता श्री फाउण्डेशन मार्फत ५३ घर निर्माण सुरु गरेकी थिइन् ।

४६५ वर्ग फिटमा निर्माण हुने घरको लागत प्रति घर लगभग ७ लाख रुपियाँ पर्न आउँछ । फाउण्डेशनले स्थानीयसँग घर निर्माणमा लाग्ने ७ लाख आफैले व्यहोर्न पर्ने र अन्य भौतिक पूर्वाधारको काम मात्रै फाउण्डेशनले गर्ने सहमतीमा काम सुरु गरेको थियो । अहिले विभिन्न किसिमका आर्थिक संकटहरु चिर्दै माझी वस्तीका अगुवाहरु पनि स्वेतासँगै हातेमालो गरिरहेका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया