नायिका आँचल शर्माको मस्त जवानीमा सुनिल क्षेत्रीको रजाई

ईटहरी/ नेपाली फिल्म क्षेत्रको लोकप्रिय नाम आचल शर्मा अभिनित एक अर्को म्युजिक भिडियो सार्बजनिक भएको छ । नृत्य बिधामा पछिल्लो समय निक्कै ख्याती कमाएका सुनिल क्षेत्री नायिका आँचल शर्मा संग फिचर भएका छन् । डान्सिङ शैलीको गीतमा दर्जन बढी डान्सर संग पल्पसा पोखरेलले पनि नाचेकि छन् । हेर्नुस् भिडियो ।

सार्बजनिक ‘मस्त जवानी’ बोलको गीतमा राजेन्द्र बजगाँई र विद्या तिवारीको स्वर समाबेश गरिएको छ भने अराज केशबले गीतमा र्याप हानेका छन् । निक्कै आकर्षक शैलिमा तयार गरिएको यो गीतको भिडियोले युट्युबमा चर्चा बटुल्दै गइरहेको छ ।

गीतमा गायक राजेन्द्र बजगाँईले नै संगीत भरेका हुन भने मोहित मुनालले एरेन्ज गरेका छन् । ज्ञानेन्द्र शर्मा हुमागाँईको डिओपी र टंक केसीले खिचेको भिडियोलाई बिकास ज्ञवाली क्षेत्रीले सम्पादन गरेका हुन् । सुनिल क्षेत्री आफैले भिडियोलाई निर्देशन गरेका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…