नानाको पक्ष लिँदै राखीले भनिन्, ‘तुनुश्रीले ड्रग्स सेवन गरेकी थिइन्’

पछिल्लो समय तनुश्री दत्तामाथि भएको भनिएको यौन दुर्व्यवहारको कुराले बलिउड तातेको छ । बलिउडका केही कलाकारले तनुश्रीको पक्षमा वकालत गरिरहेका छन् भने केही यौन दुर्व्वहारका आरोपी नाना पाटेकरको पक्षमा बोलिरहेका छन् । यस्तैमा राखी सावन्तले तनुश्रीलाई नाना पाटेकरले दुव्र्यवहार गरेको नभई उनी आफैं ड्रग्स खाएर बेहोस भएको बताइन् । भारतीय सञ्चारमाध्यमका अनुसार राखीले यस्तो विवरण पेश गरेकी छन् :

‘तनुश्रीले फिल्मको गीत सुटिङ गर्दागर्दै बीचमै छोडिन् ।र, त्यसलगत्तै मलाई कोरियोग्राफर गणेश आचार्य र नाना पाटेकरकको फोन दुबैजनाले मलाई सुटिङ स्पटमा बोलाएका कारण म गएँ । त्यहाँ हल्लाखल्ला थियो । तनुश्री आफ्नो भ्यानिटी भ्यानभित्र घन्टौंदेखि ढोका थुनेर बसेकी रहिछन् । धेरै जनाले पटक–पटक आग्रह गर्दा पनि उनी आउन मानेकी थिइनन् । त्यसपछि मैले पनि उनलाई बोलाउने प्रयास गरेँ, तर उनले ढोका खोलिनन् । पछि बुझ्दाखेरी थाहा भयो, उनी त ड्रग्स खाएर भेनिटी भ्यानभित्र बेहोस भएर लडिरहेकी थिइन् ।

मलाई नानाले यति खर्च गरेर सेट लगाएको छ, सुटिङ हुन सकेन भने बर्बाद हुन्छ भनेर सम्झाउनुभयो । त्यसपछि म तयार भएँ । सबैजना खुशी हुनुभयो र मलाई धन्यवाद दिनुभयो ।
अहिले तनुश्रीले नानाथरी कुरा गरिरहेकी छन्, जुन उनको चर्चामा आउने मेलो मात्र हो । म नाना पाटेकरको साथमा छु र सँधै रहनेछु ।

१० वर्ष अगाडि फिल्म ‘हर्न ओके प्लीज’ को सुटिङका क्रममा भएको यो घटना अहिले व्यापक चर्चामा छ । नानाले एउटा आइटम गीतको सुटिङका क्रममा आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै तनुश्रीले उक्त फिल्म छाडेकी थिइन् । बिभिन्न अनलाइनबाट

Purbeli TV

तपाईको प्रतिक्रिया