नाच्ने ठाउँ नभेटेपछि रचना र एलिना आईन नाचौ आफ्नै पारामा भन्दै

काठमाडौँ /गायिका एलिना’ रचना’ अनु’ र गायक मोहन मगरको आवाजमा तीज गीत “नाचौं आफनै पारामा” भिडियो सार्वजनिक नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज सम्बन्धि गीतहरु सार्वजनिक भईरहेका छन् । यही मेसोमा संगीतकार राजेन्द्र बजगाईंको संगीतमा एक गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

गीतमा अहिलेका चर्चित गायिका एलिना चौहान रचना रिमाल अनु चौधरी र गायक मोहन मगरको आवाजमा रहेको छ । तीज कोशेली “नाचौं आफनै पारामा”को भिडियोलाई मेलोडी नेपाल टिभीबाट सार्वाजनिक गरिएको हो । गीतमा शब्द गीतकार डी.पी खनालको रहेको छ भने संगीतकार राजेन्द्र बजगाईंले नै उक्त गीतलाई संयोजन गरेका छन् ।

गीत एकदम रमाईलो नाच्ने खालको बनेको उक्त गीतका मोडल सुरज श्रेष्ठ बताउछन् । गायिका एलिनाले पनि अहिलेसम्म आफुले गएका तीज गीत मध्ये यो तीजको गीत धेरै फरक खालको रहेको बताईंन । भिडियोमा तिनै गायिका एलिना, रचना, अनु र गायक मोहन मगर र मोडल सुरज श्रेष्ठको अभिनय हेर्न पाईन्छ ।

गीतको भिडियोमा निर्देशन जिबन लुइँटेल छायांकन ज्ञानेन्द्र शर्मा, नृत्य निर्देशन शिब बिक, सम्पादन बिकाश ज्ञवालीको रहेको छ । साथमा गीतको भिडियोमा महिला रेस्लर मोडल अस्मिता जुरेली, मोडेल शिल्पा खड्का लगायत एक दर्जन मोडलहरुको नृत्य पनि उक्त भिडियोमा समावेश गरिएको छ ।

भिडियो :-

 

तपाईको प्रतिक्रिया

Loading…