नाच्नुहोस, रु. एक लाख जित्नुहोस

‘नाईं मलाई थाहा छैन’ झट्ट सुन्दा केहि सोधिएको तर थाहै नभएको जस्तो बुझिने यो शिर्षक गायकद्वय संजीब पराजुली र टीका प्रसाईंको नयाँ गीत हो। यस गीतलाई लिरिकल भिडियो सहित गायक पराजुलीको आफ्नै यू-ट्यूब च्यानलबाट हालै सार्वजनिक गरिएको छ। गीतमा एक नारायण भण्डारीको शब्द रचना, आशिष अविरलको संगीत तथा अल्मोड़ा उप्रेती रानाको संगीत संयोजन रहेको छ।

गायकद्वय संजीब र टीकाको एल्बम ‘सँग सँगै’ मा समावेश यो गीत भन्दा पहिले ‘तिमी मलाई मन पर्छ’ गीतले अत्यधिक चर्चा पाईसकेको छ। सुगम संगीतका उदीयमान गायकद्वयका अन्य गीतहरु पनि आउने तरखरमा छन। ‘नाईं मलाई थाहा छैन’ गीतमा अन्तराष्ट्रीय नृत्य प्रतियोगिता एक जनवरी २०१७ बाट शुरू हुन लागेको कुरा आयोजक पक्ष्यका बजार ब्यवस्थापक रविन्द्र कुमार शर्माले हामीलाई बताउनु भयो।

बाबा एजुकेशन सिडनी, अष्ट्रेलीया र काठमांडू, नेपालको प्रायोजनमा हुन लागेको यस प्रतियोगिताले नृत्य गर्नेहरुकालागि आफ्नो प्रतिभा देश-बिदेशमा देखाउने एउटा राम्रो अवसर दिनुकासाथै विजयी प्रतियोगीले नगद पुरस्कार पनि पाउने छन।प्रतियोगितामा बिश्वभरि छरिएर रहेका नेपाली, नेपालीभाषी र नेपालीमुलका मध्ये जो कोहिले पनि भाग लिन पाउने ब्यवस्था रहेको छ।

प्रतियोगितामा भाग लिन पालन गर्नु पर्ने नियमहरु 

१. फेसवुक पेज www.facebook.com/SanjibParajuli लाई लाइक गर्नुहोस् ।
२. यो लिंक https://www.mediafire.com/folder/ag1d2bq71z77r/Nai_Malai बाट गीत डाउनलोड गर्नुहोस् ।
३. कम्तीमा दुईजना वा दुईभन्दा बढीको समुहमा नाच्नुहोस् र नाचेको भिडीयो कुनै पनि डिभाइस (मोबाइल, क्यामेरा इत्यादी) ले खिच्नुहोस् | भिडीयोको लम्बाई कम्तिमा दुई मिनेट बिस सेकेण्डको हुनु पर्नेछ ।
४. खीचेको भिडीयोलाई www.facebook.com/SanjibParajuli पेजको इनबक्समा अपलोड गर्नुहोस् । अपलोड गर्न समस्या भए इनबक्समा मैसेज गर्नुहोस्, हामी सहयोग गर्नेछौं । भिडीयो पठाउँदा नृत्य गर्नेहरुको नाम, ठेगाना र सम्पर्क नम्बर पनि फेसबुक पेजको इनबक्स मै मैसेज गर्नुहोस् ।
५. प्राप्त भिडीयोलाई यसै फेसबुक पेज www.facebook.com/SanjibParajuli मार्फत सार्वजनिक गर्नेछौं । यसरी सार्वजनिक भएको पोस्ट (भिडीयो) लार्ई बढि भन्दा बढि शेयर गर्नुहोस् ।
६. भिडियो पठाउने समयावधि दुई महिनाको हुनेछ (१ जनवरी २०१७ देखि २८ फेब्रुअरी २०१७ सम्म) ।
७. उत्किृष्ट डान्सिगं भिडीयोको मुल्यांकन र छनौट ख्यातीप्राप्त डान्सर, कोरियोग्राफर तथा डान्सिगं गुरुहरुको जजमेन्टका साथै भिडीयो पोष्टको फेसवुक लाइक, कमेन्ट र सेयरबाट हुनेछ ।
८. हामीलाई प्राप्त डान्सिगं भिडियोहरुमध्ये उत्कृष्ट भिडीयोेलाई नगद रु. १,००,००० पुरस्कार प्रदान गरीने छ ।
९. उत्कृष्ट भिडीयो र बिजेताको नाम प्रतियोगिता सकिएको १० देखि १५ दिनको अवधिमा www.facebook.com/SanjibParajuliwww.facebook.com/Tika.Prasain.Music को फेसबुक पेज मार्फत सार्वजनिक गरिने छ ।

तपाईको प्रतिक्रिया

Loading...